CMAT

‘सेन्ट्रल किचेन’मार्फत  विद्यालयमा खाजा वितरण

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने भएको छ । 

महानगरको आज बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कामपाका प्रमुख बालेन्द्र साह बालेनले उक्त जानकारी गराएका हुन् ।

महानगरमा रहेका ८९ वटा सामुदायिक विद्यालयमध्ये दुई सयभन्दा कम विद्यार्थी भएका विद्यालयहरूमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने नीति लिएको उनले बताए ।

खेललाई पूर्वप्राथमिक तहदेखि अनिवार्य गरिने र सबै विद्यालयमा अध्ययनरत शारीरिक रुपमा अशक्त  विद्यार्थीहरूलाई सहज पठनपाठनको व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख गरिएको छ । 

छात्रवृत्तिलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने नीति कामपाले लिएको छ । त्यसैगरी, सामुदायिक विद्यालयहरूको वित्तीय परीक्षणका आधारमा मूल्याङ्कन गरिने बताइएको छ । उनले कामपालाई सुरक्षित, समावेशी, सम्पन्न तथा जीवन्त सहर बनाउने बताए ।

खेलकुदलाई पूर्वप्राथमिक तहदेखि नै प्राथमिकता दिने नीतिमा प्रस्ताव गरिएको छ । प्रत्येक स्रोत केन्द्रमा एक जना मनोसामाजिक परामर्शदाता र नर्सको व्यवस्थापन गरिने, पूर्वप्राथमिक तहलाई दुई तहमा सञ्चालन गरिने नीतिमा उल्लेख गरिएको ।अटिजम भएका विद्यार्थीलाई लक्षित गरी विशेष विद्यालय सञ्चालन गरिने, पढ्दै कमाउँदै कार्यक्रमका लागि आवश्यक प्रवन्ध गरिने नीतिमा प्रस्ताव गरिएको छ । नीतिमा विद्यालयको अचअचल सम्पत्ति शैक्षिक प्रयोजनका लागि मात्र प्रयोग गर्ने, सामुदायिक सिकाइ केन्द्रलाई पुस्त्कालयका रुपमा विकास गर्ने, विद्यालयको लेखापरीक्षण महानगरबाट परिने उल्लेख छ । विद्यालयको बार्षिकोत्सवमा एक महिने खेलकुद महोत्वस सञ्चालन गर्ने नीतिमा प्रस्तव गरिएको छ ।मौलिक पहिचान र सभ्यता संक्षिप्त पाठ्यक्रम तयार गरी कक्षा ११ र माथि प्रयोग गर्न सहजीकरण गर्ने उल्लेख छ ।विश्वविद्यालयका गोल्डमोडलिष्टलाई शिक्षक अभाव भएका ठाउँमा करार सेवामा शिक्षण गर्ने व्यवस्था गर्ने प्रस्तव गरिएको छ ।

चालु आर्थिक वर्षमा सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत २० हजार ३२९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको प्रगति समीक्षामा उल्लेख गरेका छन् ।सामुदायिकमा  पूर्वप्राथमिक तहदेखि कक्षा पाँचसम्मका २६ हजार ३९५ जनालाई केन्द्र सरकारले दिएको दिवा खाजा रु. १५ मा १५ थपगरी कक्षा ६ देखि १० सम्मका २३ हजार ५४६ जनालाई दैनिक रु. ३० को खाजा प्रदान गरिएको प्रमुख शाहले बैठकमा जानकारी गराए । 

सामुदायिक विद्यालयमा प्रविधिमैत्री सिकाइ गर्ने लक्ष्यका  साथ १२७ वटा ल्याबटप वितरण गरिएको बैठकमा बताइएको छ । त्यसैगरी ३१३ थान स्माटबोर्ड, ३६ थान कम्प्युटर, १२ हजार थान फर्निचर वितरण गर्ने तयारी अवस्थामा रहेको बैठकमा जानकारी गराइएको छ । 

सामुदायिक विद्यालयका १९ हजार छात्रालाई सेनिटरी प्याड वितरण गरिएको, सातवटा विद्यालयमा प्याड डिस्पोजल मेसिन जडान गरिएको बैठकको प्रगति समीक्षामा उल्लेख छ ।शिक्षामा सिप गौरवको योजना अन्तर्गत कक्षा ९ र १० का  २ हजार ५२० विद्यार्थीका लागि १० ओटा मोड्युलको ९० घण्टे तालिम प्रदान गरिएको, बाल सञ्जाल गठन, १५ हप्ते बुक फ्रि फ्राइडे, नेपाल भाषामा पठनपाठन, सुन्दर विद्यालय स्वर्णीम परियोजना अन्तर्ग सय जना स्वयम सेवक परिचालन गरी बाबा कार्यक्रम सञ्चालन,गरिएको बताएको छ । 

काठमाडौं विश्वद्यालयसंगको सहकार्यमा टिचरर्स कलेज प्रोग्रँम अन्तगृत दुई हजार शिक्षकलाई तालिम प्रदान गरिएको समीक्षामा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books