A Levels MA

छात्रालाई पढाइमा उत्प्रेरित  गर्न  साइकल वितरण

 माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ मा भर्ना भएका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल वितरण गरिएको छ ।

छोरी शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले मटिहानी–८ स्थित श्री राम माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल प्रदान गरिएको हो ।

नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ मा नामाङ्कन गराएर अध्ययन गर्ने  छात्रालाई विसं २०७६ देखि नै साइकल प्रदान गर्दै आएको छ । नगरप्रमुख हरिप्रसाद मण्डलले साइकल प्रदान गर्दै साइकलले छात्राहरूमा आत्मविश्वास बढाउने र पढाइमा उत्प्रेरित  गर्ने विश्वास लिएको बताए । उनले भने, “यो कार्य महिला सशक्तीकरणकै महत्वपूर्ण पाटो हो ।  ”

साइकल पाएपछि छात्राको विद्यालय उपस्थितिमा नियमितता बढेको विद्यालयका शिक्षक श्रीष मिश्रले बताए । “साइकल पाएका छात्रा हम्मेसी विद्यालय आउन छुटाउँदैनन्”, उनले भने,, “पढाइमा पनि छात्राले मेहेनत बढाएका छन् ।”

मटिहानी नगरपालिका भए पनि अधिकांश ग्रामीण परिवेशका बस्ती छन् । यहाँका विद्यालयमा पढ्ने छात्रा अधिकांश दलित, जनजाति समुदायका गरिब परिवारका छन् । यिनीहरूका लागि पठनपाठनमा साइकल निकै सहयोगी बनेको अभिभावकहरूको भनाइ छ ।

“छोरीहरू किशोरवयमै घरमा आमाको काममा सहयोगी पनि हुन्छन्, साइकलले छोरीहरूलाई घरको काम र विद्यालय आवतजावतको समय व्यवस्थापनमा पनि सहयोग पु¥याएको देखिन्छ”, मटिहानी–८ का बासिन्दा स्थानीय व्यापारी विजयकुमार साहले भने, “अर्को महत्वपूर्ण पक्षचाहिँ छोरीले ‘हामै्र पढाइका लागि यो प्रबन्ध गरिएको’ भन्ने कुरा बुझ्दैछन् जस्तो लाग्दैछ ।”

छोरीहरूको पढाइ र विद्यालयप्रतिको लगाव बढाउन अन्य शैक्षिक सामग्री, पोशाक र अतिरिक्त कक्षाको समेत व्यवस्था गर्न सके उच्च शिक्षासम्म छात्राको सङ्ख्या बढाउन सहयोग पुग्ने मटिहानीका अभिभावकको  धारणा पाइन्छ ।

 

Thuprai - Books and E-books