After SEE Portal

बेरुजु फर्छयौट सम्बन्धी छलफल कार्यक्रम सञ्चालन गरिने

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले १९ जिल्लाका प्रतिनिधि सहभागी गराएर बेरुजु फर्छयौट सम्बन्धी छलफल कार्यक्रम आगामी फागुन २१ गते आयोजना गर्ने भएको छ । केन्द्रबाट शिक्षा विकास तथा समन्वय इकाई वा अन्तर्गत रहेको फर्छयौट हुन बाँकी बेरुजुको सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरी फर्छयौट तथा सम्परीक्षण कार्यमा सहजीकरण गराउन सहयोग पुर्याउने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्ने भएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई, सर्लाही, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकेट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुर, रौतहट, बारा,पर्सा,चितवन, गोरखा, तनहु, नवलपरासी पूर्वका इकाई प्रमुख (एक) र लेखा हेर्ने जिम्मेवारी पाएका कर्मचारी (एक) गरी दुई जना कर्मचारीलाई कार्यक्रममा सहभागी गराउने भएको हो ।

केन्द्रको आजको निर्णय अनुसार कार्यालयको वेरुजु तथा फर्छयौटको हाल सम्म (०७८–७९) सम्मको अवस्था,निर्माण र अन्य तर्फको छुट्टा छुट्टै विवरण, बेरुजु भएका विद्यालयहरुको संख्या र रकम, सम्परीक्षणको लागि तयार भएको बेरुजु रकमको विवरण, चालु आवमा फर्छयौट गर्न सकिने रकमको प्रतिवद्धता सहित कार्यक्रम्मा सहभागी हुनु पर्ने केन्द्रका उपसचिव विनोदलाल गेलालले जानकारी दिए ।

सो कार्यक्रम्मा सहभागी हुने कर्मचरीले बेरुजु फर्छयौट तथा सम्परीक्षणका कठिनाईहरु, बेरुजु फर्छयौटका लागि गरिएका प्रयासहरु, केन्द्र, मन्त्रालय, महालेखा परीक्षकको कार्यालय र अन्य निकायसँग कार्यालयको अपेक्षा सहितको प्रस्तुति पेस गर्नुपर्ने उपसचिव गेलालद्वारा आज जारी गरिएको सूच्नामा उल्लेख गरिएको छ ।

केन्द्रले अन्तरक्रिया कार्यक्रम सञ्चालनका लागि शिक्षा विकास तथा समन्वय इकाई, चितवनलाई तोकेको छ । कार्यक्रम् विहान ८ बजेदेखि सञ्चालन हुने सूचनामा उल्लेख छ ।

A Levels MA