A Levels MA

समयमा नै विवरण नपठाउने विद्यालयको सुविधा कटौती गरिने ( विद्यालयसहित)

नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विभिन्न जिल्लाका ३० विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी चैत्र ७ गते भित्र हालसम्मको विवरण पेश गर्न पत्राचार गरेको छ ।

विगतमा नै छनोटमा परेका विद्यालयलाई नयूनतम रुपमा नमुना विद्यालयका लागि स्वीकृत गुरुयोजना, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको विवरण, निर्देशिकाबमोजिम प्रधानाध्यापकको नियुक्तिको विवरण समयमा नै उपलब्ध नगराउने विद्यालयलाई केन्द्रले पत्राचार गरेको हो ।

समयमा नै विद्यालयको विवरण पेश नगर्ने विद्यालयलाई सरकारले प्रदान गर्दै आएको सुविधा कटौती गरिने केन्द्रका निर्देशक गेहनाथ गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पूर्णविवरण हेर्न यहाँ क्लिक गर्नुहोस्ः

 

Thuprai - Books and E-books