A Levels MA

जुम्लामा अपाङ्गता भएका बालबालिकाले शैक्षिक सामग्री

सिञ्जा, ५ असार (रासस) : जनता नमूना प्राविधिक विद्यालय महतगाउँका ६१ शारीरिक अपाङ्गता भएका बालबालिकाले शैक्षिक सामग्री पाएका छन् । 

कक्षा १ देखि कक्षा १० सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाले शौक्षिक सामग्री पाएका हुन् । 

एक सय २२ दर्जन कापी, ४० दर्जन कलम र २१ दर्जन पेन्सिल, कटर र इरेजरलगायतका शैक्षिक सामग्री उपलब्ध गराइएको किर्डाक नेपाल जुम्लाका सामाजिक परिचालक सत्यादेवी बोहोराले जानकारी दिनुभयो । समावेशी शिक्षा प्रवद्र्धन परियोजनाअन्तर्गत शौक्षिक सामग्री उपलब्ध गराइएको बोहोराले बताउनुभयो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपाल जुम्लाको साझेदारीमा शारीरिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । 

विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीको रोहवरमा शैक्षिक सामग्री वितरण गरिएको बोहोराले जानकारी दिनुभयो । शारीरिक अपाङ्गता भएका बालबालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयमा गरिएको विभिन्न सहयोगले शैक्षिक गुणस्तर तथा विद्यार्थीको मनोवल बढाउने काम भएको छ ।

विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक सुधारका लागि शैक्षिक सामग्रीले सहयोग गर्ने बोहोराको भनाइ छ । 

यस्तै तिला गाउँपालिका–४ सापुल्लीमा ३५, चुलाकोटमा ३१, रिपी र सुडीमा ३० र ७ नं वडा घोडेमहादेवमा २२ गरी ११८ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड अधिकृत नरबहादुर शाहीले जानकारी दिनुभयो ।

तातोपानी गाउँपालिका–२ जर्मीका ९५ विपन्न बालबालिकालाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड अधिकृत पुष्पा खत्री (रोकायाले) जानकारी दिनुभयो । विद्यार्थीलाई विद्यालय पोशाक, झोला, क्यालकुलेटर, कापी र कलमलगायतका विभिन्न शैक्षिक सामग्री वितरण गरिएको उहाँको भनाइ छ ।

जर्मीका विपन्न बालबालिकाको तथ्याङ्क सङ्कलन गर्दा आर्थिक हिसाबले विपन्न ९५ बालबालिका भेटिएको किर्डाक नेपाल जुम्लाले जनाएको छ । 

आर्थिक अवस्था कमजोर भएका विपन्न बालबालिका पोशाक र शैक्षिक सामग्री निःशुल्क पाउँदा खुशी भएका छन् । 

आर्थिक अभावले पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयका विपन्न बालबालिकालाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको किर्डाक नेपाल जुम्लाका शिक्षा क्षेत्रका कार्यक्रम संयोजक दीपराज रावतले जानकारी दिनुभयो ।

Thuprai - Books and E-books