A Levels MA

महानिर्देशकमा डा. थपलिया

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविक शिक्षा विभाग)को महानिर्देशकमा डा. तुल्सीप्रसाद थपलिया नियुक्त भएका छन् ।

माघ १८ गते महानिर्देशक बाबुराम पौडेल उमेर हदका कारण अवकास भएपछि सो पद रिक्त थियो । डा. थपलिया गत असोजबाट केन्द्रमा उपमहानिर्देशकका रुपमा कार्यरत थिए ।

काभ्रे तेमाल गाँउपालिकाका स्थायी बासिन्दा डा. थपलिया २०४५ सालमा माध्यमिक विद्यालय निरीक्षकबाट सेवा सुरु गरेका थिए । २०५८ सालमा उपसचिव र २०७१ सालमा सहसचिव भएका उनले काठमाडौँ विश्वविद्यालयबाट शैक्षिक नेतृत्वमा विद्यावारिधिको उपाधि हासिल गरेका थिए ।

विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी)को योजना निर्माणमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । आफ्नो जागिरे जीवनमा सबैभन्दा लामो समयसम्म शिक्षा मन्त्रालय र तत्कालीन शैक्षिक जनशक्ति विकास केन्द्रमा रहेका उनी नीति निर्माणका विज्ञ मानिन्छन् । उनी शिक्षक सेवा आयोगमा पनि दुई वर्ष सेवा गरिसकेका छन् ।

Thuprai - Books and E-books