After SEE Portal

सामुदायिक विद्यालयलाई  कुनै शीर्षकमा पनि  शुल्क नलिन निर्देशन

Bridge Course

बर्दियाको बारबर्दिया नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई  कुनै शीर्षकमा  शुल्क नलिन निर्देशन दिएको छ ।पालिकाले नगरपालिकाले विद्यार्थी भर्ना शुल्क, मासिक पढाई शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्क जस्ता कुनै पनि बहानामा शुल्क नलिन निर्देशन दिएको छ ।

सूचना जारी गर्दै ‘आधारभूत तह अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क घोषणा’ गरिएको स्मरण गराउँदै शुल्क नलिन निर्देशन दिएको हो ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ मा उल्लेख भए बमोजिम शुल्क नलिन पालिकाले सचेत गराएकोे शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख टीकानाथ गोसाईले जानकारी बताए ।

पालिकाबाट जारी निर्देशन विपरीत कोही कसैले शुल्क लिएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको चेतावनी दिइएको छ ।

A Levels MA