After SEE Portal

जीर्ण विद्यालयः जोखिम मोलेर आउँछन् विद्यार्थी

Bridge Course

एक्काइस वर्ष पहिले सर्वसाधारणले श्रमदानबाट निर्माण गरेको जाजरकोटको भेरी नगरपालिका–५ साल्टकुरास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय जीर्ण हुँदा धराप भएको छ । सरोकारवाला निकायले विद्यालयको भवन निर्माणमा ध्यान नदिँदा विद्यालय पढाउने थलोको रुपमा नभई धरापको रुपमा विकास भएको स्थानीयवासी बताउँछन् ।

राजनीतिक खिचातानीका कारण विद्यालयको अवस्था नाजुक भएको स्थानीयवासीको पीडा छ । पाँच शिक्षक कार्यरत विद्यालयमा १५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । वर्षायाममा विद्यालय भत्कने डरले कक्षा कोठामा पढाउने अवस्था नहुँदा खुल्ला आकाशमा पठनपाठन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर चन्दले बताउनुभयो ।

“म अध्यक्ष वैशाखमा भएको हुँ, विद्यालय निर्माणका लागि धेरै पटक पालिकामा गए पनि मुस्किलले यो आर्थिक वर्षमा रु दुई लाख रकम विनियोजन गरेको छ”, उहाँले भन्नुभयो, “ यो रकमले विद्यालय निर्माण हुन सक्दैन् । यो हात्तीको मुखमा जिरा भएको जस्तै हो ।” विद्यालयको अवस्था दैनिक दयनीय भएपछि विद्यार्थी पढ्न छाडेर छिमेकी मष्टा आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयमा जाने गरेको स्थानीयवासी प्रकाश चन्दले जानकारी दिनुभयो ।

लामो समय हिँडेर छिमेकी विद्यालयमा ज्यान बचाउनकै लागि जानुपरेको विद्यार्थी अशोक चन्दले बताउनुभयो । पानी आए बाहिर पढ्न सकिँदैन, कक्षा कोठामा गए विद्यालय भत्किएर मृत्यु हुने डर छ उहाँले भने विद्यालयमा खानेपानी, शौचालयसमेत नहुँदा विद्यार्थी हैरान भएका छन् ।

छ कोठे जीर्ण भवनभित्र सबै काम गर्नुपर्दा हैरान भएको अध्यक्ष चन्दले बताउनुभयो । हामी सबै गाउँले मिलेर निर्माण गरेको विद्यालय हो, कसैले हेरेका छैनन् उहाँले भन्नुभयो । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयमा देखिएको समस्या समाधानका लागि पहल गरिने बताउनुभयो ।

A Levels MA
Thuprai - Books and E-books