त्रिविका पदाधिकारी नियुक्तिमा हस्तक्षेप गरेको छैनः मन्त्री भट्टराई

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी नियुक्तिको सम्पूर्ण अधिकार  कार्यकारी परिषद्मा रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति  विद्या भट्टराईले बताएकी छिन् ।

इडियुपत्रले सोधेको प्रश्नमा त्रिविलगायत कुनै पनि विश्वविद्यालयको पदाधिकारी नियुक्त गर्न हस्तक्षेप नगर्ने उनले बताइन् ।

उनले विद्यालय तहदेखि उच्च शिक्षा सुधार आफ्नो पहिलो प्राथमिकता भएको हुनाले हस्तक्षेप नगरी छनोट समितिको सिफारिसका आधार हुने बताइन् ।

त्रिविका विभिन्न संस्थान र संकायमा ८ डिन, १८ क्याम्पस प्रमुख र ७ सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि विज्ञापन गरिएको थियो । छनोट समितिले गत असोज महिना भित्रै नै छनोटका सम्पूर्ण प्रक्रिया सकेर नियुक्तिका लागि परिषद्मा सिफारिस गरेको थियो ।

नाम सिफारिस पछि अहिलेसम्म  कार्यकारी परिषद्को बैठकले निर्णय नगर्दा  पदाधिकारी नियुक्ति प्रक्रिया रोकिएको छ ।

उपकुलपति प्राडा केशरजंग बरालले त्रिविका सबै पदाधिकारी यही महिना भित्र नियुक्त गरिने जानकारी दिए । उनले पदाधिकारी नियुक्तिमा कसैको हस्त्क्षेप नभएको बताए ।  ‘हामी त्रिवि सुधारका लागि निष्पक्ष पदाधिकारी छनोट गर्छौं ।’ उनले भने, ‘सबै पदाधिकारी मेरिटको आधारमा नियुक्त हुन्छ, उपकुलपतिले नियुक्ति दिने होइन कार्यकारी परिषदेले निर्णय गर्छ ।’

यद्यपि कार्यकारी परिषद्को बैठक भने बोलाइएको छैन ।

Degrees offered in nepal
Counseling
Bachelors Portal