After SEE Portal

त्रिवीमा नियुक्ती भएका प्रा.डा.बास्कोटाले पदभार सम्हाल्दै

Bridge Course

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्ती भएका प्रा.डा. धर्मकान्त बास्कोटाले पदभार ग्रहण गर्दैछन् ।  प्रा. डा. बास्कोटालाई प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आइतबार उपकुलपति नियुक्त गरेका हुन् । पद सम्हाल्नु अघि नियुक्तीपत्र बुझ्नेछन् ।

सहकुलपति शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले बाँस्कोटाको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो ।




यसअघि बाँस्कोटा चारवर्षे कार्यकालका लागि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनेका थिए । काउन्सिलमा बाँस्कोटाको कार्यकाल गत जेठमा सकिएको थियो । काउन्सिलको नेतृत्व गर्दा उनले निकै सुधारका काम गरेका थिए । ६ भदौमा तत्कालीन उपकुलपति तीर्थ खनियाको कार्यकाल सकिएपछि उपकुलपति नियुक्त हुन सकेको थिएन ।


सर्च कमिटीले प्रा. डा. भगवान कोइरालालाई पहिलो नम्बरमा राखेर बास्कोटालाई दोस्रो तथा परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेललाई तेस्रो नम्बरमा सिफारिस गरेको थियो । बाँस्कोटा नाक, कान, घाँटी रोग विशेषज्ञसमेत हुन् । बाँस्कोटाको कार्यकाल चार वर्षको हुनेछ ।

A Levels MA