CMAT

महानगरपालिका क्षेत्रभित्र कक्षा ११ का लागि ४६२४ वटा छात्रवृत्ति कोटा निर्धारण

काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत विद्यालयले यो वर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ ।

विद्यालयमा गत वर्ष भर्नाको अनुपात, क्षमतालगायत सूचकका आधारमा शैक्षिक सत्र २०८१र८२ का लागि छात्रवृत्ति कोटा निर्धारण गरिएको हो ।

महानगरपालिकाले यो वर्ष सबै भन्दा २४ सय ९३ जनालाई व्यवस्थापनमा समूहमा छात्रवृत्ति प्रदान गर्ने गरी कोटा निर्धारण गरेको छ।  त्यस्तै १७ सय ५२ जनालाई विज्ञान, १७३ जनाले मानविकी, १३६ जनाले कानुन विषय र ७० जनाले शिक्षा विषयमा छात्रवृत्तिमा अध्ययन गर्न पाउने शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले जानकारी दिए।

 

महानगरपालिका भित्र कक्षा ११ र १२ अध्यापन हुने ३९० वटा शैक्षिक संस्था छन् । तीमध्ये १०४ वटा विद्यालयमा विज्ञान विषय, १७० वटामा व्यवस्थापन, ४७ वटामा कानुन, १८ वटामा शिक्षा र ५१ वटा विद्यालयमा मानविकी विषय अध्यापन हुने गरेको शिक्षा विभागले जानकारी दियो ।

छात्रवृत्ति आवेदनका लागि अनलाइन फाराम खुला

 शैक्षिक सत्र २०८१–८२ का लागि छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी हुन महानगरपालिकाले असार १५ गते विहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको छ । इच्छुक विद्यार्थीले असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन दिन सक्ने गरी सूचना जारी गरेको छ  ।

आवेदन दिन योग्यता छनोट प्रक्रिया

  छात्रवृत्तिमा आवेदन दिन एसईईमा न्युनतम १.६ जीपीए ल्याएको हुनु पर्नेछ । सामुदायिक विद्यालयबाट एसईई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नुपर्छ । संस्थागत (निजी) विद्यालयबाट उत्तीर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति उपलब्ध गराउन शिफारिस गर्नुपर्ने शिक्षा विभागले जानकारी दियो ।

छात्रवृत्ति वितरण गर्दा संस्थागत विद्यालयले उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिलाईं शतप्रतिशत मानेर सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०प्रतिशत, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई प्रतिशत, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि प्रतिशत, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । 

बाँकी रहेको ४० प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३प्रतिशत, आदिबासी र जनजातिलाई १५प्रतिशत, मधेसीलाई १२प्रतिशत, खसआर्यलाई १७प्रतिशत आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइने शिक्षा अधिकारी शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार दलितलाई ९ प्रतिशत, मुस्लिमलाई २प्रतिशत, थारुलाई ४प्रतिशत, अपाङ्गता भएको व्यक्तिलाई  २प्रतिशत, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४प्रतिशत, सहिद, वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २ प्रतिशत छात्रवृत्ति दिइनेछ । पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ । 

आरक्षण क्षेत्रमा तोकिएबमोजिमको संख्यामा विद्यार्थी उपलब्ध नभएमा काठमाडौँ महानगरवासीलाई प्राथमिकता दिइनेछ । बैकल्पिक तथा धार्मिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सामुदायिक विद्यालय सरह मानिनेछ । 

प्रवेश पत्र परीक्षा

  छात्रवृत्ति परीक्षा हुने मितिभन्दा २ दिन अघिदेखि प्रवेशपत्र प्रिन्ट गर्ने बटन (प्रिन्ट एडमिट कार्ड बटन) मा थिचेर त्यहाँ माग गरिएको विवरण भर्नुपर्छ । यसपछि विद्यार्थी आफैँले प्रवेश पत्र प्रिन्ट गर्न सक्नेछन् । परीक्षा केन्द्र सम्बन्धी व्यवस्था प्रवेश पत्रमा उल्लेख हुनेछ । 

परीक्षा दिन आउँदा अनिवार्य रुपमा प्रवेश पत्र ल्याउनु पर्नेछ । प्रत्येक परीक्षार्थीको आवश्यक सुरक्षा जाँच गरिने हुँदा परीक्षा सुरु हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनु पर्नेछ । परीक्षार्थीले परीक्षा केन्द्रमा क्याल्कुलेटर, पेजर, मोबाइल फोन, ब्लुटुथ, आइप्याड, ट्याबलेटलगायत अन्य कुनै पनि विद्युतीय उपकरण तथा वालेट, पर्स तथा घडी लैजान पाउने छैनन् । 

परीक्षा सुरु भएको १५ मिनेट पछि आउने परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश दिइने छैन । परीक्षाका लागि आवश्यक पर्ने कालो कलम (ब्लाक जेल पेन) विद्यार्थी आफैँले ल्याउनु पर्नेछ । आफूलाई सही लागेको उत्तर ओएमआर सिटभित्रको थोप्लो (बबल) मा पुरै पोत्नु पर्नेछ । लेखिसकेको उत्तर सच्याउन तथा टिपेक्स जस्ता करेक्टिङ मसीको प्रयोग गर्न पाइँदैन । सिसाकलम प्रयोग गरेको, खुर्केको, केरमेट गरेको, च्यातिएको वा टिपेक्स लगाएका उत्तरहरूको कुनै अङ्क प्राप्त हुने छैन ।

परीक्षार्थी निर्धारित समयको २ घण्टा सकिएपछि मात्र परीक्षा हलबाट बाहिर जान पाउनेछन । नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिएमा वा दिन प्रयास गरेमा त्यस्ता परीक्षार्थीको परीक्षा रद्द गरी प्रचलित कानुनबमोजिम कारवाही गरिनेछ । 

नतिजा प्रकाशन 

परीक्षाको नतिजा विद्यार्थीले फाराम भर्ला रोजेको विषय र विद्यालयको प्राथमिकताका आधारमा योग्यता क्रमअनुसार भर्ना नतिजा सूची प्रकाशन हुनेछ । 

विषयगत रुपमा विद्यालयमा भर्नाका लागि पूर्व मनोनयन गरिनेछ । 

मनोनयनका आधारमा विद्यार्थीले ३ दिनभित्र भर्ना भइसक्नु पर्नेछ । तोकिएको मितिभित्र भर्ना नभए योग्यता क्रमअनुसारको दोस्रो सूची प्रकाशन गरिनेछ । यस सूचीमा रहेको विद्यार्थीले भर्नाको अवसर पाउनेछन् । यसमा पनि भर्ना नभए ¥यापअप कोटामा परीक्षाको योग्यता क्रमका आधारमा मनोनयन गरेर सूची प्रकाशन गरिनेछ । 

प्रवेश परीक्षाको पाठ्यक्रम उत्तीर्णाङ्क 

कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०÷३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिनेछन् । उत्तीर्ण हुन न्युनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्छ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ (नेगेटिभ मार्किङ्) हुँदैन । 

सबै प्रश्नहरु वहुवैकल्पिक हुनेछन् । 

परीक्षा छात्रवृत्तिका लागि साउन ४ गते शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । 

 

Thuprai - Books and E-books