After SEE Portal

कोभिडका कारण मृत्यु भएका शिक्षकको परिवारलाई १० लाख रुपियाँ उपलब्ध गराउन माग

Bridge Course

कोभिड–१९ का कारण मृत्यु भएका शिक्षकको परिवारलाई सान्त्वना स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउन सरकारसंग एक समूहले माग गरेको छ । स्थायी शिक्षक हकहित मञ्च नामक समूहले कोरोनाका कारण मृत्यु भएका सम्पूर्ण परिवारलाई  सान्त्वना स्वरुप सो  रकम प्रदान गर्न सरकारसंग अपिल गरेको हो ।

दोस्रो चरणको संक्रमणबाट ज्यान गुमाउने शिक्षकहरु मनिषा थापा (बाँके), दुर्गा रेग्मी (बर्दिया), लोकराज भट्ट (कन्चनपुर), मन्जु के सी (कन्चनपुर), पार्वती न्यौपाने (वर्दिया), रुपा चटर्जी (बाँके), हरिभक्त रोकय (जाजरकोट), धर्मानन्द ओझा (डडेलधुरा), नवराज कालाथोकी, (दाङ), घनश्याम चौधरी, (नवलपरासी), बम बहादुर कुवर (गुल्मी), काषी सिं कार्की (कन्चनपुर) लगायतका कोरोबाट मृत्यु भएका सबैको परिवारलाई सन्त्वना रकम प्रदान गर्नुपर्ने मञ्चका केन्द्रीय संयोजक रमेश बाबु भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मञ्चले आज जारी गरेको सो विज्ञप्तिमा कोरोबाट विरामी प्रत्येक शिक्षकलाई दिएको एक लाख उपचार खर्च निरन्तर दिन, उपचार खर्च व्यवस्थापन गर्न अपिल समेत गरेको छ ।

सक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा केही स्थानीय तहले परिक्षा संचालनमा ताकेता दिने, शिक्षकहरुलाई विद्यालयमा जान वाद्य गराइने काम तुरुन्त बन्द गर्न समेत अपिल गरेको छ ।

मञ्चले सपूर्ण शिक्षकहरुलाई स्वास्थ्य सुरक्षाको उचित मापदण्ड अपनाई अनलाइन कक्षा, परियोजना कार्य वा अन्य विधि अपनाई शिक्षण सिकाइलाई निरन्तरता दिनका साथै लिखितमौखिक परिक्षा बाहेक मूल्याङ्कनका अन्य साधनहरु (रुजु सुची, अवलोकन, घटनावृत अभिलेख आदिलाई) अपनाउन समेत आग्रह गरेको छ ।

सो विज्ञप्तिमा बाल शिक्षक, विद्यालय कर्मचारीलाई प्राथमिक तहका शिक्षकको सरह दरवन्दीको व्यवस्था कायम गरी शिक्षा ऐन मार्फत सम्पूर्ण शिक्षकहरुको सेवा सुविधालाई र वैकल्पिक शिक्षाका माध्यमलाई प्राथमिकतामा राख्न जोडदार माग गरेको उल्लेख गरिएको छ ।

A Levels MA
Thuprai - Books and E-books