शिक्षकको सुरक्षाको प्रत्याभूति गर्न माग

नेपाल शिक्षक महासंघले शिक्षकको सुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका १, स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठको हत्या पछि महासंघले यस्तो माग गरेको हो ।

प्रधानाध्यापक श्रेष्ठको हत्याले शिक्षकको सुरक्षामा प्रश्न उठाएको हुँदा सुरक्षाको माग गर्दै श्रेष्ठको बर्बरतापूर्ण हत्याको निन्दा गर्ने महासंघका महासचिव लक्ष्मिकिशोर सुवेदीले बताए ।

आज एक विज्ञप्ति जारी गर्दै उनले अज्ञात समूहबाट भएको शिक्षक हत्याको महासंघले निन्दा तथा भत्सना गरेका छन् । ‘शिक्षण जस्तो पवित्र पेसा निष्ठापूर्वक कार्यरत शिक्षकको क्रुरतापूर्वक भएको हत्याको नेपाल शिक्षक महासंघ निन्दा तथा भत्र्सना गर्दछ, देशभरिका शिक्षकको यथोचित सुरक्षाका प्रबन्ध गर्न सरकारसंग माग गर्दछौं’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books