शिक्षक महासंघको किचलो,अध्यक्षलाई कारबाही गर्न मन्त्रीसंग माग

नेपाल शिक्षक महासंघमा विगत दुईवर्ष अगाडिदेखि उत्पन्न अध्यक्ष पदको विवाद शिक्षा मन्त्रालयसम्म पुगेको छ ।  महासंघका अध्यक्ष इतर पदाधिकारीले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक नै नरहेका व्यक्तिले अवैधानिक तरिकाले महासंघका लेटेर प्याड, छाप प्रयोग गरेको भन्दै शिक्षा मन्त्रीलाई कारबाही गर्न माग गरेका छन् ।

यसैविच महासंघको अध्यक्ष इतर समूहले आज एक विज्ञप्ति प्रकाशित गरी महासंघको विधानको दफा ७२(ख) र दफा ३०÷गअनुसार अवैधानिक ठहर भएका अध्यक्ष बाबुराम थापाले महासंघको लेटरप्याड तथा प्याडको अनाधिकृत प्रयोग र मन्त्रालयमा महासंघको प्रतिनिधित्व गरेको निजलाई उक्त कार्यगर्नबाट रोक्न अपिल गरेको छ ।

‘२०७६चैत्र २८ गतेबाट सेवा निवृत्त भएका तात्कालीन अध्यक्ष बाबुराम थापाले अभै आफ ने शि।महासङ्घको अध्यक्ष हँु, भनी विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् ।’ महासचिव लक्ष्मीकिशोर सुवेदी र सहअध्यक्ष पूर्णप्रसाद दवाडीद्वारा हस्ताक्षतिर विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित शिक्षा ऐन तथा नियमावलीको कार्यान्वयन गर्ने गराउने तथा त्यसको विपरीत काम हुनबाट रोक्ने रोकाउने दायित्व समेत यसै मन्त्रालयको भएकोले निज बाबराम थापाबाट हुँदै गरेका अवैधानिक तथा गैर कानुनी काम रोक्न रोकाउन आवश्यक कार्यवाही गरिदिनु पुनः स्मरण गराएको व्यहोरा अनुरोध छ ।’

महासङ्घको विधानको दफा ७२(ख) मा कुनै शिक्षकले पेसाबाट राजीनामा दिएमा वा अवकाश भएमा निजको महासङ्घको सदस्यता समाप्त भएको मानिने छ भनी उल्लेख भएको छ भने दफा ३०÷गामा शिक्षण पेसामा नरहेमा पदरिक्त हुने कुरा उल्लेख छ।

महासंघको अध्यक्ष पदमा लामो समयदेखि विवादमा रहेका अध्यक्षले शिक्षकको पेसागत हकहित गर्न नसक्ने भन्दै शिक्षकहरुले तत्काल विवाद मिलाउने नेतृत्वलाई सुझाएका छन् ।

‘ठुला दलको झोला बोक्नेहरुका लागि जस्ता भने त्यस्तो ठाउँमा सरुवा हुन्छ तर हामी जस्ताको पेपर वर्क मिले पनि जहिलो रोकिन्छ ।’ भक्तपुरको सूर्यविनायक स्थायी घर भइ भोजपुरको पौवादुङ्गा गाउँपालिकाको एक विद्यालयमा शिक्षण गर्दै आएका एक शिक्षकले गुनासो गर्दै भने, ‘घरमा आमामात्र हुनुहुन्छ त्यै पनि दीर्घरोगी त्यसैले सरुवाका लागि एक वर्ष अगाडिदेखि पहल गर्दा पनि कहिले हुँदैन यस्तो प्यारा हो भने सरकारले महासंघका नेतालाई काजमा राखेर जागिर नखुवाएपनि हुन्थ्यो ।’

यी शिक्षकको जस्तै अधिकांश शिक्षकले सामाजिक सञ्जालमार्फत असक्षम र अवैधानिक नेतृत्वले शिक्षकको हित गर्न नसक्ने भन्दै विरोध गर्दै आएका छन् । विभिन्न राजनीतिक खेमामा विभिक्त शिक्षकको पेसागत हकहितका लागि भन्दै गठन भएको शिक्षक छाता संगठन नेपाल शिक्षक महासंघको अध्यक्ष पदको मोहले शिक्षकको हित गर्न नसक्ने शिक्षकहरुले गुनासो गरेका छन् ।

तर, वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले विवादित अध्यक्ष थापालाई आफू जहाँ पुग्यो त्यही महासंघको अध्यक्ष भन्दै प्रतिनिधित्व गराउँदै आएकाले कारबाही होला त भन्ने विषयमा आशंका उब्जिएको छ ।

निज थापालाई  शिक्षा मन्त्रीले आफ्नो छायाँको रुपमा हरेक सार्वजनिक कार्यक्रममा महासंघको प्रतिनिधित्व गराउँदै डोर्याएर हिड्ने भएकाले मन्त्रीले कारबाही गर्नेमा आशंका रहेको शिक्षकहरु बताउँछन् ।

Thuprai - Books and E-books