A Levels MA

विश्वभाषामा एक दर्जन अन्तर्राष्ट्रिय भाषा सिकाउन प्रशिक्षक र प्रशिक्षार्थी माग

प्रदर्शनीमार्ग स्थित विश्वभाषा क्याम्पसमा एक दर्जन अन्तर्राष्ट्रिय भाषा अध्ययनका लागि आवेदन माग गरिएको छ ।

वर्षे सत्र २०७९ को कक्षा साउन १० गतेदेखि सञ्चालन हुने हुँदा चिनियाँ, फ्रान्सेली, जर्मन, स्पेनी, जापानी, रसियाली, इटाली, कोरियाली, अरबिक, प्रारम्भिक अंग्रेजी र ्र अंग्रेजीलेखन भाषामा नयाँ भर्नाका लागि फाराम खुला गरिएको हो ।

यीमध्ये कुनै एक भाषा पढ्न इच्छुक विद्यार्थीहरूले तोकिएको समयभित्र आवेदन फाराम भरी क्याम्पसमा प्रकाशित सूचनाअनुसार भर्ना हुन सूचित गरिएको छ ।

उक्त भाषा अध्ययनका लागि असार १९ देखि २८ गते सम्ममा आवेदन दिइसक्नु पर्ने सूचनामा उल्लेख गरिएको छ । आवश्यक न्यूनतम शैक्षिक योग्यताः अंग्रेजी लेखनबाहेक सबै भाषाका लागि एसएलसी वा एसईईमा कम्तीमा

सी ग्रेड प्राप्त वा सोसरह उत्तीर्ण भएको हुनुपर्ने सूचनामा उल्लेख छ । अंग्रेजी लेखनका लागि भने त्रिविबाट स्नातक वा सोसरह उत्तीर्ण भएको हुनुपर्ने छ ।

साथै अंग्रेजी र नेपालीबाहेक माथि उल्लिखित भाषामा प्रशिक्षक र अनुवादक आवश्यक भएकाले सम्बन्धित भाषामा कम्तीमा स्नातक तह उत्तीर्णले क्याम्पस प्रशासनमा सम्पर्क गर्न समेत सूचनामा भनिएको छ ।

Thuprai - Books and E-books