After SEE Portal

शिक्षकको व्यवस्था गर्न परम्परागत विद्यालय प्रतिनिधिको माग

Bridge Course

मदरसा, गुम्बा, विहार, मुन्धुम र विशेष शिक्षासँग सम्बन्धित संस्थाका प्रतिनिधिले आफूहरूका लागि शिक्षक दरबन्दी र मातृभाषा शिक्षकको व्यवस्था गर्न प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिसंग आग्रह गरेका छन् ।

समितिको आज बसेको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलका क्रममा विशेष शिक्षा परिषद्का शिक्षक प्रतिनिधि अनिल अम्गाइले हाल विशेष कक्षा सञ्चालनमा संलग्न १७२ शिक्षक र १०८ विद्यालय कर्मचारीलाई एकपटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गर्न माग गरे ।

मुन्धुम शिक्षाका अभियन्ता अमर लिम्बूले शिक्षा विधेयकमा मातृभाषा शिक्षकको व्यवस्था गर्न सुझाए ।

मदरसा शिक्षाका प्रतिनिधि मोहम्द मिजामुद्दिनले मदरसामा मुस्लिम समुदायकै प्रधानाध्यापकको व्यवस्था हुने प्रावधान विधेयकमा गरिनुपर्नेमा जोड दिए । नेपाल बौद्ध महासङ्घका प्रतिनिधि कमल भण्डारीले परम्परागत शिक्षालाई व्यवस्थापन गर्न बेग्लै बोर्ड गठनको व्यवस्था विधेयकमा राख्न सुझाव दिए ।

 समितिले यसअघि स्थानीय तहका जनप्रतिनिधिका महासङ्घ, नेपाल शिक्षक महासङ्घ, निजी विद्यालय सञ्चालकका संस्था, अस्थायी शिक्षक र विद्यालय कर्मचारीलगायत क्षेत्रसँग छलफल गरिसकेको छ ।

A Levels MA