डोम, वादी, चमार र मुसहरलाई विशेष छात्रवृत्तिका लागि आवेदन माग

विश्वविद्यालय अनुदान आयोगले न्यून आय भएका डोम, वादी, चमार र मुसहर जातीका विद्यार्थीलाई इन्जिनियरिङ र चिकित्साशास्त्र विषयमा स्नातक तह अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट न्यून आय भएका दलित समुदायमध्ये शैक्षिक क्षेत्रमा अत्यन्त पछाडि रहेका डोम, बादी, चमार र मुसहर जातीका विद्यार्थीहरुलाई आवेदन दिन आयोगले सूचना जारी गरेको हो ।

उच्च शिक्षामा दलित समुदायको पहुँच विस्तार गर्ने उद्देश्यले इन्जिनियरिङ वा चिकित्साशास्त्र विषयमा सो समूहलाई आकर्षित गर्न विशेष छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०७२ अनुसार आवेदन माग गरेको हो ।

सरकारले आव २०७२–०७३ देखि यो समुदायलाई विशेष छात्रवृत्ति प्रदान गर्दै आएको छ । आवेदन दिन चाहने विदार्थीले आयोगको आधिकारिक वेबसाइटमा रहेको आवेदन भरि आगामी फागुन सात गते दिनको तीन बजेभित्र पठाइसक्नु पर्ने आज एक सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

Thuprai - Books and E-books