After SEE Portal

गोकुलेश्वर माविमा दलको चुनावी सभा आयोजना गरिएको विषयमा स्पष्टीकरण माग

Bridge Course

दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ९ स्थिति  गोकुलेश्वर उच्च माध्यामिक विद्यालयमा दलको आयोजनामा निर्वाचन प्रचारप्रसारको लागि चुनावी सभा आयोजना गरिएको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) समेतलाई स्पष्टीकरण सोधेको हो ।

विद्यालयका प्रधानाध्यापक जनञ्जय जोशी,  काङ्ग्रेस प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेश सभा अन्तर्गत दार्चुला १ (१)मा नेपाली काङ्ग्रेसका उम्मेदवार विक्रम सिंह धामी र प्रदेशसभा १ (२)मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई सोधेको छ ।

आयोगले दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कार्वाही गर्न निर्देशनसमेत दिएको छ भने प्रमुख जिल्ला अधिकारीलाई ४ दिनभित्र यस घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, दिलेन्द्रप्रसाद बडूलाई लेखिएको स्पष्टीकरणपत्रमा भनिएको छ:

उपर्युक्त सम्बन्धमा यहाँको दल समेतको आयोजनामा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ९ स्थित श्री गोकुलेश्वर उच्च माध्यमिक विद्यालय, गोकुलेश्वरमा निर्वाचन प्रचारप्रसारको लागि चुनावी सभा आयोजना गरिएको विषयमा आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ ।

निर्वाचन आचारसंहिता, २०७९  को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ग) मा “कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने” व्यवस्था छ । ऐ. दफाको खण्ड (क) मा “सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने” व्यवस्था छ ।

निर्वाचन आयोग ऐन, २०७३  को दफा २३  को उपदफा (३) मा आयोगले दिएको आदेश बमोजिम काम कारवाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति वा संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था रहेको छ साथै ऐ. दफाको उपदफा (४) मा उम्मेदवारको उम्मेदवारी रद्द सम्म गर्न सक्ने व्यवस्था छ । उल्लेखित कानूनी व्यवस्था रहेको सन्दर्भमा यहाँले आफू उम्मेदवार रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता, २०७९  को प्रतिकूल हुनेगरी चुनावी सभा आयोजना गरेको देखिएकोले यो पत्र यहाँलाई कुनै माध्यमबाट प्राप्त भएको २४  घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय, दार्चुलामा प्राप्त हुने गरी देहायका विषयमा स्पष्टीकरण पेश गर्न निर्णयानुसार अनुरोध छ ।

(क) यहाँ नेपाल सरकारको मन्त्री रहेको व्यक्तिले सार्वजनिक विद्यालयमा चुनावी सभा आयोजना गरेको कार्यले निर्वाचन आचारसंहिता, २०७९  को उल्लङ्घन हुँदैन भन्ने आधार कारण के छ ?

(ख) यहाँले सार्वजनिक विद्यालयमा चुनावी सभा आयोजना गरेको कार्य निर्वाचन आचारसंहिता, २०७९  को दफा ४ को खण्ड (क) र (ग) को विपरीत देखिएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३  को दफा २३  को उपदफा (४) र (४) बमोजिम कारवाही किन हुनु नपर्ने हो?

दार्चुला १(१) प्रदेश सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका विक्रम सिंह धामीलाई लेखिएको स्पष्टीकरणपत्रमा भनिएको छ :

उपर्युक्त सम्बन्धमा यहाँको दल समेतको आयोजनामा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ९ स्थित श्री गोकुलेश्वर उच्च माध्यमिक विद्यालय, गोकुलेश्वरमा निर्वाचन प्रचारप्रसारको लागि चुनावी सभा आयोजना गरिएको विषयमा आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ ।

निर्वाचन आचारसंहिता, २०७९  को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ग) मा “कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने” व्यवस्था छ । ऐ. दफाको खण्ड (क) मा “सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने” व्यवस्था छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) मा आयोगले दिएको आदेश बमोजिम काम कारवाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति वा संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था रहेको छ साथै ऐ. दफाको उपदफा (४) मा उम्मेदवारको उम्मेदवारी रद्द सम्म गर्न सक्ने व्यवस्था छ । उल्लेखित कानूनी व्यवस्था रहेको सन्दर्भमा यहाँ समेतको सहभागितामा निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुनेगरी चुनावी सभा आयोजना गरेको देखिएकोले यो पत्र यहाँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय, दार्चुलामा प्राप्त हुने गरी देहायका विषयमा स्पष्टीकरण पेश गर्न निर्णयानुसार अनुरोध छ ।

(क) यहाँ प्रदेश सभा सदस्यको उम्मेदवार रहेको व्यक्तिले सार्वजनिक विद्यालयमा चुनावी सभा आयोजना गरेको कार्यले निर्वाचन आचारसंहिता, २०७९  को उल्लङ्घन हुँदैन भन्ने आधार कारण के छ ?

(ख) यहाँ समेतको सहभागितामा सार्वजनिक विद्यालयमा चुनावी सभा आयोजना गरेको कार्य निर्वाचन आचारसंहिता, २०७९  को दफा ४ को खण्ड (क) र (ग) को विपरीत देखिएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३  को दफा  २३  को उपदफा (३) र (४) बमोजिम कारवाही किन हुनु नपर्ने हो ?

प्रदेशसभा १ (२)मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योगपर्यटनवन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई लेखिएको स्पष्टीकरणपत्रमा भनिएको छ :

उपर्युक्त सम्बन्धमा यहाँको दल समेतको आयोजनामा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ९ स्थित श्री गोकुलेश्वर उच्च माध्यमिक विद्यालय, गोकुलेश्वरमा निर्वाचन प्रचारप्रसारको लागि चुनावी सभा आयोजना गरिएको विषयमा आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ ।

निर्वाचन आचारसंहिता, २०७९  को दफा 4, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ग) मा “कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने” व्यवस्था छ । ऐ. दफाको खण्ड (क) मा “सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने” व्यवस्था छ ।

निर्वाचन आयोग ऐन, २०७३  को दफा २३  को उपदफा (3) मा आयोगले दिएको आदेश बमोजिम काम कारवाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति वा संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था रहेको छ साथै ऐ. दफाको उपदफा (४) मा उम्मेदवारको उम्मेदवारी रद्द सम्म गर्न सक्ने व्यवस्था छ । उल्लेखित कानूनी व्यवस्था रहेको सन्दर्भमा यहाँले आफू उम्मेदवार रहेको प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुनेगरी चुनावी सभा आयोजना गरेको देखिएकोले यो पत्र यहाँलाई कुनै माध्यमबाट प्राप्त भएको २४  (चौबीस) घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय, दार्चुलामा प्राप्त हुने गरी देहायका विषयमा स्पष्टीकरण पेश गर्न निर्णयानुसार अनुरोध छ ।

(क) यहाँ प्रदेश सरकारको मन्त्री रहेको व्यक्तिले सार्वजनिक विद्यालयमा चुनावी सभा आयोजना गरेको कार्यले निर्वाचन आचारसंहिता,  २०७९ को उल्लङ्घन हुँदैन भन्ने आधार कारण के छ ?

(ख) यहाँले सार्वजनिक विद्यालयमा चुनावी सभा आयोजना गरेको कार्य निर्वाचन आचारसंहिता,  २०७९  को दफा ४ को खण्ड (क) र (ग) को विपरीत देखिएकोले तपाईंलाई निर्वाचन आयोग ऐन,  २०७३  को दफा २३  को उपदफा (३) र (४) बमोजिम कारवाही किन हुनु नपर्ने हो? 

चार दिनभित्र प्रतिवेदन पेश गर्नभन्दै प्रमुख जिल्ला अधिकारीलाई लेखिएको पत्रमा भनिएको छ :

उपर्युक्त सम्बन्धमा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ९ स्थित श्री गोकुलेश्वर उच्च माध्यमिक विद्यालय, गोकुलेश्वरमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) समेतका दलको आयोजनामा निर्वाचन प्रचारप्रसारको लागि चुनावी सभा आयोजना गरिएको विषयमा आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ ।

निर्वाचन आचारसंहिता, २०७९  को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ग) मा “कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने” व्यवस्था छ । ऐ. दफाको खण्ड (क) मा “सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने” व्यवस्था छ । निर्वाचन आयोग ऐन, २०७३  को दफा २३ को उपदफा (३) मा आयोगले दिएको आदेश बमोजिम काम कारवाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति वा संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था रहेको छ साथै ऐ. दफाको उपदफा (४) मा उम्मेदवारको उम्मेदवारी रद्द सम्म गर्न सक्ने व्यवस्था छ ।    उल्लेखित कानूनी व्यवस्था रहेको सन्दर्भमा त्यस क्षेत्रका प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवार समेतको सहभागितामा निर्वाचन आचारसंहिता, २०७९  को दफा ४ को खण्ड (क) र (ग) को प्रतिकूल हुनेगरी चुनावी सभा आयोजना गरेको विषयमा आयोजकहरु उपर आवश्यक अनुसन्धान गरी के कसो भएको हो ? विस्तृत विवरण खुलाई निर्वाचन आयोग नेपालमा ४ (चार) दिनभित्र प्रतिवेदन पेश गर्न निर्णयानुसार अनुरोध गरिन्छ ।

त्यस्तै मुख्य निर्वाचन अधिकृतलाई लेखिएको स्पष्टीकरणपत्रमा भनिएको छ :

उपर्युक्त सम्बन्धमा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ९ स्थित श्री गोकुलेश्वर उच्च माध्यमिक विद्यालय, गोकुलेश्वरमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) समेतका दलको आयोजनामा निर्वाचन प्रचारप्रसारको लागि चुनावी सभा आयोजना गरिएको विषयमा आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ ।

निर्वाचन आचारसंहिता, २०७९  को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ग) मा “कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने” व्यवस्था छ । ऐ. दफाको खण्ड (क) मा “सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने” व्यवस्था छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) मा आयोगले दिएको आदेश बमोजिम काम कारवाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति वा संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था रहेको छ साथै ऐ. दफाको उपदफा (४) मा उम्मेदवारको उम्मेदवारी रद्द सम्म गर्न सक्ने व्यवस्था छ ।    उल्लेखित कानूनी व्यवस्था रहेको सन्दर्भमा त्यस क्षेत्रका प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवार समेतको सहभागितामा निर्वाचन आचारसंहिता, २०७९  को दफा ४ को खण्ड (क) र (ग) को प्रतिकूल हुनेगरी चुनावी सभा आयोजना भएको हुँदा उक्त कार्यक्रममा सहभागि त्यस क्षेत्रका उम्मेदवार र आयोजकलाई प्रचलित कानून बमोजिम आवश्यक कारवाही गर्नुहुन निर्णयानुसार अनुरोध गरिन्छ ।

गोकुलेश्वर उच्च माध्यमिक विद्यालय प्रधानाध्यापक  धनञ्‍जय जोशीलाई लेखिएको  स्पष्टीकरणपत्रमा भनिएको छ :

उपर्युक्त सम्बन्धमा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ९ स्थित श्री गोकुलेश्वर उच्च माध्यमिक विद्यालय, गोकुलेश्वरमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) समेतका दलको आयोजनामा निर्वाचन प्रचारप्रसारको लागि चुनावी सभा आयोजना गरिएको विषयमा आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ ।

निर्वाचन आचारसंहिता, २०७९  को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ग) मा “कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने” व्यवस्था छ । ऐ. दफाको खण्ड (क) मा “सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने” व्यवस्था छ । निर्वाचन आयोग ऐन, २०७३  को दफा २३ को उपदफा (३) मा आयोगले दिएको आदेश बमोजिम काम कारवाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति वा संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था रहेको छ साथै ऐ. दफाको उपदफा (४) मा उम्मेदवारको उम्मेदवारी रद्द सम्म गर्न सक्ने व्यवस्था छ ।    उल्लेखित कानूनी व्यवस्था रहेको सन्दर्भमा यहाँलाई कुनै माध्यमबाट यो पत्र प्राप्त भएको २४  (चौबीस) घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय दार्चुलामा प्राप्त हुने गरी देहायका विषयमा स्पष्टीकरण पेश गर्न अनुरोध छ ।

क) यहाँले आफू प्राधानाध्यापक रहेको विद्यालयमा निर्वाचन आचारसंहिता, २०७९  को दफा ४ को खण्ड (क) र (ग) को प्रतिकूल हुनेगरी चुनावी सभा आयोजना गर्न दिनुभएको होईन भन्ने आधार प्रमाण के छ ?

(ख) यदि यहाँले जानाजान रुपमा निर्वाचन आचारसंहिता, २०७९  को दफा ४ को खण्ड (क) र (ग) को प्रतिकूल हुने कार्य गर्नुभएको ठहर भएमा यहाँलाई निर्वाचन आचारसंहिता, २०७९  को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना वा निर्वाचन आयोग ऐन, २०७३  को दफा ४ बमोजिम विभागीय कारवाही वा दुवै सजाय हुन सक्ने भएकोले यहाँलाई सो कारवाही हुनु नपर्ने कारण के छ ?

A Levels MA