After SEE Portal

नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने निर्णय

Bridge Course

आगामी २०७९ सालको शैक्षिक सत्रबाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम देशभर कार्यान्वयनमा लैजाने निर्णय भएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बिहीबार बसेको ८९ औँ बैठकले सो निर्णय गरेको हो ।

हाल ती कक्षाका नयाँ पाठ्यक्रम देशका २८ वटा विद्यालयमा परीक्षण भइरहेको छ । 

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी डा. गणेशप्रसाद भट्टराईले आगामी शैक्षिक सत्रबाट प्राविधिक शिक्षातर्फ कक्षा ९ देखि १२ सम्मका नयाँ पाठ्यक्रम पनि कार्यान्वयनमा लैजाने निर्णय भएको जानकारी दिए ।

शिक्षामन्त्रीको अध्यक्षतामा बसेको परिषद् बैठकले मदरसामा अनिवार्य विज्ञान तथा प्रविधि विषयको सट्टामा दिनियात विषय अध्ययन गर्न पाउने निर्णय गरेको छ ।

उनले मदरसाका विद्यार्थीले कक्षा ६ देखि १० सम्म विज्ञान तथा प्रविधि विषय अध्ययन गर्न नचाहेकोले त्यसको सट्टामा दिनियात पढ्न दिने निर्णय गरिएको बताए । 

A Levels MA
Thuprai - Books and E-books