After SEE Portal

एसईई परीक्षा नगर्ने निर्णय

Bridge Course

कोरोनाका कारण गत चैतमा स्थगित भएको २०७६ सालको प्रवेशिका परीक्षा (एसईई) सञ्चालन नहुने भएको भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावलाई आज बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ । 

गत चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा अघिल्लो दिन अर्थात चैत ५ गते स्थगित भएको थियो । मन्त्रिपरिषद्को निर्णयबाट परीक्षाका बारेमा अन्योल र तनावमा रहेका देशभरिका चार लाख ८२ हजार विद्यार्थीले राहत पाएका छन् ।

मन्त्रिपरिषद्ले विद्यालयले नै गरेको मूल्याङ्कनलाई आधार मानेर प्रमाणपत्र जारी गर्ने निर्णय गरेको छ । यस बारेमा भाेलि बिहीबार पत्रकार सम्मेलनकाे आयोजना गरी जानकारी दिइने बताइएकाे छ ।

यससम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लगिनेछ । राष्ट्रिय परीक्षा बोर्डले नै त्यसरी जारी गरिएका प्रमाणपत्रलाई प्रमाणीकरण गर्नेछ ।

नेपालमा १९९० सालबाट प्रवेशिका परीक्षा सुरु भएको हो । प्रवेशिका परीक्षाको इतिहासमा परीक्षा सञ्चालन नहुने निर्णय भएको यो पहिलो घटना हो । विगतमा कुनै कुनै वर्षमा केही दिन र महिनासम्म परीक्षा स्थगित भए पनि पछि सञ्चालन गरिएको थियो ।

A Levels MA