A Levels MA

शिक्षण संस्था तत्काल बन्द नगर्ने निर्णय

तत्काल शिक्षण संस्था बन्द नगरिने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को शनिबार अबेरसम्म बसेको बैठकले शिक्षण संस्था बन्द गरिहाल्नुपर्ने अवस्था नरहेको निचोड निकालेको छ । 

सीसीएमसी बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई आफ्नो जिल्लामा देखिएको सङ्क्रमण अवस्थाअनुसार निर्णय गर्न अधिकार दिने निर्णय गरेको छ । 

बैठकले सरकारसमक्ष गरेको सिफारिसका बारेमा औपचारिक जानकारी सार्वजनिक गरिएको छैन । बैठकमा सहभागी एक सदस्यले बैठकमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना नभएको हुँदा हतारिएर शिक्षण संस्था बन्द गर्नु उपयुक्त नहुने धारणा अधिकाँश सहभागीको रहेको जानकारी दिए ।

उनले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न लगाउने र त्यति गर्दा पनि स्थितिमा सुधार नआए पछि आवश्यक निर्णय गर्ने सहमति भएको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमित ठाउँमा अनलाइनमार्फत तीन सातासम्म पठनपाठन गर्ने व्यवस्थाका लागि सिफारिस गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शिक्षण संस्थाहरुलाई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न लगाउनुपर्ने देखिएको बताए ।

Thuprai - Books and E-books