After SEE Portal

शिक्षण संस्था बन्द गर्ने निर्णय फिर्ता

Bridge Course

धनगढी उपमहानगरपालिकाले शिक्षण संस्था बन्द आह्वान गरेको २४ घण्टा नबित्दै पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

सो उपमहानगरपालिकाले शुक्रबार कोरोना भाइरसको संक्रमणका कारण आइतबारदेखि लागु हुने गरी अनिश्चितकालका लागि शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

शनिबार बसेको शिक्षा सरोकारवालाको आम भेलाले सो निर्णय फिर्ता लिएको छ । शनिबारको भेलाले आगामी चैत ५ गतेभित्र सबै परीक्षा सक्ने गरी परीक्षा तालिका निर्धारण गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर बडले जारी गरेको सूचनामा सामुदायिक र संस्थागत विद्यालय यथावतरुपमा सञ्चालन गरी चैत ५ गतेभित्र परीक्षा सक्न भनिएको छ ।

A Levels MA
Thuprai - Books and E-books