After SEE Portal

विद्यालय बन्द नगर्न मन्त्रालयलाई चर्को दवाव,विद्यालय खुल्ने बन्द गर्ने अन्योलमा शिक्षा मन्त्रालय (साप्ताहिक शैक्षिक गतिविधि चैत्र २८–वैशाख ३)

Bridge Course

विभिन्न सहरमा कोरोना भाइरसको दोस्रो लहरमा देखा परेको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि विभिन्न स्थानीय तहले आफ्नो मातहतका विद्यालय बन्द गर्न थालेका छन् ।

विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् । काठमाडौँ महानगरपालिकाले त्यस्ता विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेसँगै शहरी क्षेत्रका शिक्षालय बन्द गरी पुनः अनलाइन कक्षा सञ्चालनका लागि तयारी भए पनि शिक्षण संस्थाहरू सरकारको निर्णयको प्रतीक्षामा रहेका छन् । बालबालिकामा समेत सङ्क्रमण देखिएपछि काठमाडौँ उपत्यकाका निजी र सामुदायिक विद्यालयका कतिपय अभिभावकले पढाइभन्दा ज्यान ठूलो ठानेर आफ्ना छोराछोरीलाई पठाउन छाडेका छन् ।

बाँकेमा स्कुले बालबालिकामा संक्रमण फैलन थालेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि एक हप्ताका लागि शैक्षिक संस्था बन्द गरेको छ ।

यस्तै वीरगञ्ज महानगरपालिकाले बैशाख २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । परीक्षा सम्पन्न गरेपश्चात विद्यालय बन्द गर्ने महानगरपालिकाको शिक्षा शाखाको निर्णय छ ।

यस्तै निजी विद्यालय सञ्चालकहरुको संस्था विद्यालय बन्द नगर्न भनिरहेका बेला प्याब्सन रुपन्देहीले एक हप्ता विद्यालय बन्द गर्ने घोषणा गरेको छ । यसबाहेक अरु स्थानीय तहले पनि विद्यालय बन्द गर्ने क्रम तीव्र पारेका छन् ।

यो हप्ता विभिन्न सञ्चार माध्यममा विद्यालय बन्द गर्ने कि नगर्ने विषयमा अन्योल र दवाव मिश्रित समाचार प्रकाशन भए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले विज्ञप्ति जारी गरी विद्यालय बन्द गर्नै नहुने सरकारलाई दवाव दियो ।

मन्त्रिपरिषद्ले विद्यालय बन्दको अधिकार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी०लाई प्रत्यायोजन गर्ने निर्णय यसै सातागरेको छ । कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित भएका जिल्लामा डिसिसिएमसीको समन्वयमा पालिकाले त्यस्ता विद्यालय बन्द गर्न सक्ने र केन्द्रीय सरकारले बन्दको निर्णय गरिरहनु नपर्ने निर्णय गर्यो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा विद्यालय बन्द नगर्न सरोकारवालाहरुले सरकारलाई सुझाव दिए । सरोकारवालाहरुले बन्द अन्तिम उपाय नभएकोमा मतैक्यता प्रकट गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयसहित विभिन्न क्षेत्रमा भीडभाड नगर्न अपिल गरेको छ ।मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था रहेको जनाएको छ । साथै ति क्षेत्रमा भीडभाड हुने क्षेत्रमा हालसम्म बन्द गर्ने निर्णय भइनसकेको अवस्था भएकाले भिडभाड नगर्न र त्यस्ता क्षेत्रमा नजान सबैलाई आग्रह गरेको छ । ति क्षेत्रमा स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न अपील गरेको छ ।

A Levels MA