After SEE Portal

डिन कार्यालयमा तालाबन्दी

Bridge Course

त्रिभुवन विश्वविद्यालय कानुन संकायले सार्वजनिक गरेको एल.एल.एम प्रवेश परीक्षाको नतिजामा चलखेल भएको भन्दै विद्यार्थीहरुले डिन कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।

डिन कार्यालयले नतिजा दोहोर्याएर प्रकाशित गरेपछि विद्यार्थीहरूले मंगलबार प्रदर्शनीमार्ग स्थित नेपाल ल क्याम्पसमा रहेको कानुन संकाय अन्तर्गतको डिन कार्यालयमा तालाबन्दी गरेका हुन् ।

          


एकपटक प्रकाशित गरेको नतिजा पुन थपघट गरेर प्रकाशित गरेपछि प्रवेश परीक्षामा अनियमिता र अपारदर्शिताको शंका गर्दै विद्यार्थीहरुले डिन कार्यालयमा नै तालाबन्दी गरिदिएका हुन् ।

दोस्रो पटक नतिजा सार्वजनिक गर्दा तल्लो सुचीमा रहेका विद्यार्थीको नाम माथिल्लो सुचीमा राखिएको पाइएको छ । कानुन संकाय डिन कार्यालयले असार १३ गते लिएको प्रवेश परीक्षाको नतिजा साउन १८ गते प्रकाशित भएको थियो।

प्रकाशित नतिजामा प्राप्तांकका आधारमा १४३ परीक्षार्थीको नाम निकालिएको थियो। तर साउन २६ गते प्रकाशित संशोधित नतिजामा १४६ जनाको नाम निकालिएको छ ।

पहिलो नतिजामा १३४ मा नाम निकालेका प्रकृति मल्ललाई दोहोर्याएर नतिजा प्रकाशन गर्दा एक नम्बरमा राखिएको छ । पहिले नतिजा प्रकाशन हुँदा उनको प्राप्तांक ५९.८३ प्रतिशत  थियो भने दोस्रोपटक प्रकाशित नतिजा ८४.८३ प्रतिशत छ ।

त्रिभुवन विश्वविद्यालय  ले नेपाल ल क्याम्पसमा बिहान ३५ र दिउँसो ५० तथा नेशनल ल क्याम्पसमा ५० गरी १३५ जनालाई एलएलएम (कानुनमा स्नातकोत्तर) पढाउँदै आएको छ ।

A Levels MA