After SEE Portal

दिनदिनै दलको फुटवल मैदान बन्दै त्रिवि

Bridge Course

मुलुकमा चुनावी माहोल आएसंगै त्रिभुवन विश्वविद्यालय विभिन्न दलसम्बद्ध विद्यार्थीको फुटबल मैदान बनेको छ । प्रमुख दलका भातृ संगठन मानिने विद्यार्थी संगठनले आआफ्नै मागसंगै आफ्नो सक्रियता तीव्र बनाएका छन् । प्रमुख दलका भातृसंगठनले त्रिविमा अहिले विभिन्न खाले विरोधका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

यसैक्रममा  गत असार २७ गते काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघले  त्रिविको रजिस्ट्रारको कार्यालय, केन्द्रीय लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन कार्यालयमा तालाबन्दी गरेको गर्यो । शैक्षिक सत्र २०७८–०७९ मा १३९ दिन भन्दा बढी तालाबन्दीमा परेका त्रिविका पदाधिकारी कक्ष पुनः २७ गतेदेखि बन्द गरिएको छ ।

यसको बिरोध भन्दै आज नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विश्वविद्यालय भित्रको फोहोरी राजनीति बन्द गरौँ, तालाबन्दी र विकृतिको भण्डाफोर  गरौँ भन्दै हस्ताक्षर अभियान सुरु गरेको छ। विश्वविद्यालयमा भएको अराजकता र तालाबन्दी विरुद्ध हस्ताक्षर अभियान सुरु गरिएको भनेको छ। विश्वविद्यालयको केन्द्रीय कार्यलयमा आइतबार र सोमबार हस्ताक्षर संकलन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने अनेरास्ववियु त्रिवि जिल्ला कमिटि अध्यक्ष सम्भुप्रसाद भट्टले जानकारी दिए ।

नेविसंघले गरेको तालाबन्दीको विरोधमा हस्ताक्षर अभियान सुरु गरेको भनिए पनि नेविसंघले उपकुलपतिको राजीनामा माग गर्ने र अनेरास्ववियुले त्यसको विरोध गर्ने नै देखिएको विज्ञहरू बताउँछन् । राजनैतिक हस्तक्षेपका कारण पदाधिकारी नियुक्त हुने र त्यसको विरोधमा र समर्थनमा खेलाडीले फुटवल मैदानमा बल हाने जस्तै यताउता हानाहान गर्दै आएका छन् ।

अर्को प्रमुख मानिएको राजनैतिक  दल माओवादीको भातृ संगठनले पनि त्रिविमा आन्दोलन गर्ने भन्दै विज्ञप्ति प्रकाशन गरेको छ । अखिल क्रान्तिकारीले त्रिविको व्यवस्थापन संकायको प्रश्नपत्र दोहोरिएको घटनाबारेको प्रतिवेदन सार्वजनिक नगरिए आन्दोलन गर्ने चेतावनी दिँदै विज्ञप्ति जारी गरेको छ  ।

अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै प्रश्नपत्र दोहोरिएको घटना छानबिनका लागि बनाएको समितिले प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

‘व्यवस्थापन संकायको प्रश्नपत्र दोहोरिएको घटना टानबिनका लागि बनाइएको छाबिन समितिको प्रतिवेदन सत्यतथ्यसहित तत्काल सार्वजनिक नगरिए र ट्रान्सक्रसिप्ट, प्रोभिजनल, माइग्रेसनको लागि देशका विभिन्न क्याम्पसबाट फेरि त्रिभुवन विश्वविद्यालय धाउनु पर्ने अवस्था रहिरहे हाम्रो संगठन तत्काल आन्दोलनमा जाने चेतावनी दिन चाहन्छौं’ विज्ञप्तिमा उल्लेख छ ।

त्रिविमा प्रश्न पत्र दोहोरिनु, प्रमाणपत्रका लागि विद्यार्थीले सास्ती खेप्नु नौलो कुरा होइन । अरुबेला चुपचाप बस्ने विद्यार्थी संगठन देशमा  चुनाव आएसंगै आन्दोलनमा  उत्रन्छन् । सरकार परिवर्तन संगै त्रिविलाई नै बन्धक बनाउने गरी तालाबन्दी गरेर  त्रिविको शैक्षिक क्यालेन्डर नै प्रभवित पार्ने गरेको त्रिविका एक पदाधिकारी बताए । ‘खुलेर बोल्न मिल्दैन तर सरकारको नेतृत्व गरेर आएका दलले नै भातृ संगठनलाई निर्देशन दिएर बन्द गर्छन् ।’ ती पदाधिकारीले भने, ‘त्रिवि अनुसन्धान केन्द्रभन्दा पनि दलको फुटवल मैदान बन्ने निश्चित भो यसैमा चिन्ता लागिरेहेको छ ।’

सिंगो उच्च शिक्षाको ७८ प्रतिशत भार बोकेको त्रिवि जहिल्यै एउटा मागबाट बन्दमा पर्नु, बारम्बार विद्यार्थीले सामान्य प्रशासनिक कामका लागि पनिआन्दोलन गर्नु पर्ने वातावरण हुन निन्दनीय भएको विद्यार्थीहरू बताउँछन् । त्रिविलाई सुधार गर्न दवाव दिनु पर्नेमा सधै बन्दमा पर्नु राज्यका लागि प्रतित्पादक भएको विज्ञहरु बताउँछन् ।

A Levels MA
Thuprai - Books and E-books