सहयोगको पर्खाइमा दलित विद्यालय

रोल्पा, १८ कात्तिक (रासस) ः समुदाय नजिक विद्यालय स्थापना गरेर सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने सोचले दलित अगुवाहरूले स्थापना गरेको रोल्पाको एक विद्यालय सञ्चालन गर्न कठिन भएको छ । पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँमा स्थापना गरिएको जनएकता आधारभूत विद्यालयमा आर्थिक स्रोत अभाव हँुदा सञ्चालनमा समस्या हुँदै आएको हो । 

कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा हाल १०१ विद्यार्थीले अध्ययन गर्छन् । अध्ययनरत विद्यार्थी सबै दलित समुदायका छन् भने विद्यालय व्यवस्थापन समितिका सबै पदाधिकारी र एक शिक्षकबाहेक सबै शिक्षक पनि दलित समुदायका छन् । विद्यालय समुदायले स्थापना गरेको धेरै समयपछि सरकारले एउटा दरबन्दी दिएको छ । बाँकी तीन शिक्षक र एक कार्यालय सहयोगी समुदायले निजी स्रोतबाट तलब सुविधा दिने गरी भर्ना गरेका छन् । सरकारले उपलब्ध गराएको दरबन्दीमा गैरदलित समुदायका रहे पनि बाँकी सबै शिक्षक र कर्मचरी दलित समुदायका छन् । 

विद्यालयमा शिक्षकले न्यून तलबमा काम गर्न बाध्य भएको विद्यालयका पूर्वशिक्षक भरत नेपालीले जानकारी दिनुभयो । मासिक रु दुई हजार ५०० देखि रु पाँच हजार तलब पाउने गरी विद्यालयको सेवा गरिरहेका नेपालीले बताउनुभयो । लामो समयसम्म न्यून तलबमा काम गर्न सकिने अवस्था नभएकाले राज्यले विद्यालयमा दरबन्दी थप्नुपर्ने नेपालीको भनाइ छ । 

जिल्ला शिक्षा कार्यालय, गाउँपालिका वा अन्य सङ्घ संस्थाले दिने योजनाको बजेट बराबर श्रमदान गरेर बचाएको पैसाले निजी स्रोतको शिक्षक व्यवस्थापन गर्न बाध्य भएका छौँ प्राधानाध्यपक नुमप्रसाद शर्माले भन्नुभयोे । दलित समुदायमा आर्थिक विपन्नता समेत रहेकाले अभिभावकबाट सहयोग उठाउने अवस्था छैन् शर्माले भन्नुभयो । गरीबीका कारण जाडो मौसममा लगाउने अतिरिक्त पोशाक नहुँदा विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको छ ।