After SEE Portal

एनओसी आफ्नो अनुकूल ठाउँबाट प्रिन्ट गर्न सकिने

Bridge Course

वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी आफैंले वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्था आजदेखि सुरु गरेको छ । एनओसी कार्यालयमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका बिक्रम भट्टराईलाई प्रमाण पत्र प्रदान गर्दै यसको सुरुआत गरेका हुन् ।

भट्टराईलाई न्युजिल्याण्ड अध्ययनका लागि अनलाइन मार्फत् एनओसी प्रदान गर्दै अनलाइ प्रणालीको सुभारम्भ गरेको शाखाका अधिकृत जानुका गुरागाइले जानकारी दिइन् ।

शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृतिपत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइएको छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्सन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नुनपर्ने र घरमै बसेर फाराम भर्न सक्ने बताए । उनले सर्टिफिकेट घरबाटै प्रिन्ट आउट गर्नसक्ने व्यवस्था हुनु प्रशंसनीय भएको बताए ।

उनका अनुसार विद्यार्थीले एनओसी फारामका लागि लाग्ने शुल्क पनि घरबाटै तिर्नसक्ने व्यवस्था गरिएको छ । मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले फेसलेस, पेपरलेस र क्यासलेसको सुरुवात हुनु नेपालीका लागि खुसीको कुरा भएको बताए । उनले भने, ‘आजबाट हामीले फेसलेस, पेपरलेस र क्यासलेसको सुरुवात गरेका छौँ । अब अन्य तहमा पनि यस्तै व्यवस्था हुनुपर्छ ।

A Levels MA