After SEE Portal

ललितपुरमा ऊर्जासम्बन्धी पाठ्यपुस्तक लागू

Bridge Course

दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले महाङ्काल गाउँपालिका–३ गोटीखेलको महाङ्काल माविमा आधारभूत तहमा अध्ययन गर्ने ८५५ विद्यार्थीलाई नवीकरणीय ऊर्जा विषयका नयाँ पाठ्यपुस्तक हस्तान्तरण गरिएको छ ।

सामाजिक शिक्षा विषयअन्तर्गत २० प्रतिशत पाठ्यांश स्थानीय सरकारले समावेश गरी लागू गर्न सकिने नीतिअनुरुप विद्यालयलाई ती पुस्तक हस्तान्तरण गरिएको सहकारीले जनाएको छ । पुस्तकमा वायु, सौर्य, जलविद्युत्, जैविक, सुधारिएको चुलो, बायो ग्यास, बायो मास ब्रिकेट र जल ऊर्जाका बारेमा जानकारी गराइएको सहकारी संस्थाका अध्यक्ष गोविन्दप्रसाद बजगाईंले जानकारी दिनुभयो ।

महाङ्कालका २७ सामुदायिक र एक निजी गरी कूल २८ विद्यालयमा उक्त नयाँ पाठ्यक्रम समावेश गरिएको पुस्तक हस्तान्तरण भएको छ । “विसं २०७२ को भूकम्पले इन्धनमा समस्या पारेकाले आगामी दिनमा पनि पर्ने कठिनाइ तत्काल निवारण गराउन अध्ययनले सहयोग गर्नेछ”, बजगाईंले भन्नुभयो, “सरकारले सामाजिक शिक्षा विषयतर्फ २० प्रतिशत अङ्क हाल्ने अधिकार स्थानीय तहलाई दिएसँगै पुस्तक प्रकाशनमा थप जोड पुगेको हो ।”

सो संस्थाले ललितपुरमा बुधबार ‘स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक हस्तान्तरण एवं कार्यान्वयन शुभारम्भ कार्यक्रम’ आयोजना गरी विसं २०७६ को नयाँ शैक्षिकसत्रदेखि महाङ्काल माविमा उक्त पाठ्यक्रम अध्ययन अध्यापन गराउने जनाएको छ । आगामी विसं २०७७ को नयाँ शैक्षिकसत्रदेखि वाग्मती र कोन्ज्योसोम गाउँपालिकाका सबै विद्यालयमा नवीकरणीय ऊर्जाको पाठ्यक्रम पु¥याइने बताइएको छ ।

महाङ्काल गाउँपालिकाका वडाध्यक्ष रामचन्द्र दाहालले हरेक विद्यालयका शिक्षक मिली पहिला कहिले र कति दिन यो पुस्तक अध्ययन गराउने भनेर सल्लाह गर्नु जरुरी भएको बताउनुभयो । सो संस्थाका संयोजक काशीनाथ सापकोटाले विसं २०५७ मा नेपालकै पहिलो विद्युत् सहकारीका रुपमा स्थापित यो संस्थाले ललितपुरका विकट भू–भागमा विद्युतीकरणको कार्य निरन्तर गर्दै आएको जानकारी दिनुभयो ।

“दूध सङ्कलन र व्यवस्थापन गर्न संस्थाले ललितपुरमा चिस्यान र चिया प्रशोधन केन्द्र, कफी पल्पिङ सेन्टर, बैक तथा वित्तीय संस्था खुलाएको तजथा कम्प्युटराइज्ड प्रविधिमा सञ्चालन गर्नाका साथै गाउँगाउँमा फर्निचर उद्योग सञ्चालन गराएको छ”, सापकोटाले भन्नुभयो, “विसं २०५४ देखि प्रारम्भ भएको विद्युतीकरण अभियानबाट हालसम्म छ हजार ३२ घरधुरीले विद्युत् सेवा प्राप्त गरेका छन्् ।”

संस्थाले ललितपुर उपत्यका बाहिरका तीन गाउँपालिका कोञ्ज्योसोम, महाङ्काल र वागमती तथा गोदावरी नगरपालिकाको वडा नं ७ देवीचौरमा विद्युत् प्रवाहको कार्य गरी योगदान दिँदै आएको छ । संस्थाका प्रमुख निर्देशक डा पुरुषोत्तम श्रेष्ठले दक्षिण ललितपुरका प्रतिनिधि विद्यालयका आधारभूत कक्षामा स्थानीय विषयअन्तर्गत नवीकरणीय ऊर्जा विषयको पठनपाठन कार्य प्रारम्भ गराई प्राविधिकरुपमा सचेत नागरिक उत्पादन गर्ने पाउँदा निकै खुशी लागेकोे जानकारी दिनुभयो ।

“नवीकरणीय ऊर्जा विषयलाई आगामी दिनमा ललितपुर जिल्लाका सबै गाउँपालिकामा अध्ययन अध्यापनका लागि पहल गर्नेछौँ”, श्रेष्ठले भन्नुभयो, “संस्थाले शिक्षातर्फ मात्र होइन, गुणस्तरीय विद्युत् सेवामार्फत कृषि, पशुपालन, शिक्षा, सञ्चार, स्वास्थ्य, उद्योग, पर्यटन क्षेत्रमा सकारात्मक परिवर्तन ल्याई दक्षिण ललितपुरको सर्वाङ्गीण विकासमा अतुलनीय सहयोग गरेको छ ।”

दक्षिण ललितपुर शिक्षा उपसमिति संयोजक गोविन्दप्रसाद घिमिरेले पुस्तक निर्माणमा के–कस्ता कमजोरी फेला परेका छन् त्यसलाई सुधार गर्नका लािग सुझाव दिन शिक्षकलाई अनुरोध गर्नुभयो । “६ देखि आठ कक्षासम्मको पुस्तक अर्काे वर्ष चयन गर्ने छाँै”, घिमिरेले भन्नुभयो ।

पाठ्यपुस्तक तथा पाठ्यपुस्तक निर्माण संयोजक गोविन्दप्रसाद पराजुलीले नवीकरणीय ऊर्जाको ज्ञानले दूरदराज क्षेत्रमा बायो ग्यासको प्रयोग गरी सिलिण्डर ग्यासको प्रयोगमा न्यूनीकरण गर्न सहयोग पु¥याउने जानकारी दिनुभयो । “परम्परागतरुपमा घाम ताप्न र लुगा सुकाउन प्रयोग गरिने सौर्य ऊर्जा हाल सोलार बत्ती बाल्न प्रयोग भएको छ”, पराजुलीले भन्नुभयो, “जैविक ऊर्जामा आकर्षण बढाउँदा एकातिर रोजगारी सिर्जना हुन्छ भने अर्काेतिर नयाँ सामग्री उत्पादनमा जोड पुग्नेछ ।”

महाङ्काल गाउँपालिकाका शिक्षा शाखाप्रमुख सुरेन्द्ररमण पुरीले अध्ययन÷अध्यापन व्यवस्थित गर्नका लागि समयसमयमा अनुगमन गर्न जरुरी रहेको बताउनुभयो । महाङ्काल गाउँपालिकाका स्थानीय शिक्षक रामसुन्दर केसीले नवीकरणीय ऊर्जा अध्ययनको सहयोगले गाउँमै विविध क्षेत्रमा कार्य गर्न सक्ने क्षमता भएका जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

A Levels MA