After SEE Portal

निमाविको सामान्य परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक विषयगत (सामान्य) परीक्षा को  नतिजा सार्वजनिक गरेको छ।

आयोगले आज सातै प्रदेशको नतिजा सार्वजनिक गरेको हो । आयोगले सामान्य परीक्षामा उम्मदवारको विषयगत लिखित परीक्षा आगामी भदौ ८ गते शनिबार सञ्चालन गर्ने गरी सूचना सार्वजनिक गरेको छ ।

आयोगले गत वैशाख ८ गतेसामान्य परीक्षा सञ्चालन गरेको थियो।

आयोगले सार्वजनिक गरेको नतिजामा  कोशी प्रदेशबाट तीन हजार ७४३ जना उत्तीर्ण भएका छन् सो परीक्षामा १४ हजार ६७७ जनाले परीक्षा दिएका थिए।

त्यसैगरी मधेश प्रदेशबाट एक हजार १९७ जना सफल भएका छन् ।  परीक्षामा भने चार हजार ५८५ सहभागी भएका थिए ।

त्यसैगरी बागमती प्रदेशको परीक्षामा १२ हजार ५०६ जना सहभागी भएका मध्ये तीन हजार ८३२ जनाले सामान्य परीक्षा उत्तीर्ण भएका छन् ।

त्यस्तै गण्डकी प्रदेशबाट तीन हजार ५३४ जना सफल भएका छन्भने परीक्षामा सहभागी ११ हजार ९४५ जना थिए ।

त्यस्तै लुम्बिनीमा परीक्षामा सहभागी १० हजार २७१ मध्ये दुई हजार ८२० जना सफल भएका छन्। कर्णालीमा लिखित परीक्षामा दुई हजार ६४१ जना सहभागी भएकामा ६८७ जना सफल भएका छन्।

सुदूरपश्चिम प्रदेशमा परीक्षामा सहभागी ६ हजार ९०९ जनामध्ये एक हजार ७९६ जना सफल भएका छन्।

कोशी प्रदेशको मोरङमा, मधेशको धनुषामा, बागमतीको हेटौँडामा, गण्डकीको कास्कीमा, लुम्बिनीको दाङमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको कैलालीमा परीक्षा हुनेछ। परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण पछि प्रकाशित गरिने आयोगको सूचनामा उल्लेख छ।

नतिजा हेर्नुहोस्ः

कोशी प्रदेशकोनतिजा 

मधेश प्रदेशको नतिजा

बागमती प्रदेशको नतिजा

गण्डकी प्रदेशको नतिजा

लुम्बिनी प्रदेशको नतिजा

कर्णाली प्रदेशको नतिजा

सुदूरपश्चिम प्रदेशको नतिजा

A Levels MA