After SEE Portal

वर्तमान अवस्था रहिरहेमा परम्परागत विधिबाटै त्रिविले परीक्षा सञ्चालन गर्नेः शिक्षाध्यक्ष भुसाल

Bridge Course

देशमा कोरोना संक्रमणको अवस्था यथास्थितिमा रहिरहेमा त्रिभुवन विश्वविद्यालले लकडाउन यता स्थगित गरेको परीक्षा भदौको पहिलो साता देखि परम्परागत रुपमा नै सञ्चालन गर्ने तयारी थालेको छ ।

त्रिविको परीक्षा सुधार समिति र केन्द्रीय परीक्षा बोर्डको आइतबार बसेको बैठकले परीक्षा फारम भरिसकेका विद्यार्थीको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोनाको सङ्क्रमण र लकडाउनको अवस्था हेरेर सम्बन्धित डिन कार्यालयले सम्भव भए परम्परागत विधिबाटै र नभए अन्य विकल्प प्रयोग गरेर परीक्षा सञ्चालन गर्न सक्ने शिक्षाध्यक्ष प्राडा. शिवलाल भुसालले जानकारी दिए ।

‘विश्वविद्यालय अनुदान आयोगले जारी गरेको उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ र सरकारले गर्ने लकडाउनलाई हेरे परीक्षा कसरी गर्ने भन्ने निर्णय सेमेस्टर प्रणालीको परीक्षा डिन कार्यालय सञ्चालन गर्नेछ ।’ शिक्षाध्यक्ष प्राडा। भुसालले भने, ‘अवस्था वर्तमान कै कायम भएमा सामाजिक दुरी कायम गरेर परम्परागत विधिबाट असामान्य भएमा आन्तरिक मूल्यांकन, वैकिल्पक सामग्रीको प्रयोग र खुल्ला विधिबाट परीक्षा सञ्चालन हुने छ ।’

त्रिविका रोकिएका सबै परीक्षाको कार्यतालिका सात गतेभित्र सार्वजनिक हुने भएको छ । पहिले विद्यार्थीको ट्रेसिङ गरेर कसरी परीक्षा गर्ने भन्ने डिन कार्यालयले तय गर्ने भएका छ ।

त्रिविका रजिस्ट्रार प्रा.डा. पेसल दाहालका अनुसार साउन ७ पछि विद्यार्थीसँग सम्पर्क गरी डिन कार्यालयले परीक्षाको मोडालिटी तय गर्न सक्ने गरी बैठकले अधिकार दिएको छ ।

त्रिविबाट सेमेस्टर प्रणाली लागु भएका संकायको परीक्षा डिन कार्यालय र वार्षिक परीक्षाको परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा सञ्चालन गर्दै आएको छ । भदौंको पहिलो साताबाट परीक्षा फारम भरिसकेको सेमेस्टरको परीक्षा सञ्चालन गरिने भएको हो ।

लकडाउनको प्रभावका कारण गाउँ फर्किएका विद्यार्थीको अवस्था पहिचान गरेर डिन कार्यालयल परीक्षाको किशिम चयन गर्न भएको छ । व्यवस्थापन संकायका स्नातकोत्तर तहमा दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेको अवस्थामा त्रिविले परीक्षा स्थगित गरेको थियो । भने एमए दोस्रो र चौथो सेमेस्टरको परीक्षा सुरु हुन एक दुई दिन मात्र बाँकी रहेको अवस्थामा परीक्षा स्थगित गरेको थियो ।

A Levels MA