A Levels MA

सीटीईभीटीले थप १० ओटा साझेदार शिक्षालयमा डिप्लोमा तथा प्रमाणपत्र तह सञ्चालन गर्ने

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक शत्र २०७९–८० देखि डिप्लोमा तथा प्रमाणपत्र तह सञ्चालन गर्ने थप १० ओटा साझेदार शिक्षालयलाई अनुमति दिएको छ ।

परिषद्को टेक्स महाशाखा र पोलिटेक्निक महाशाखाको निर्देशन अनुसार सम्पूर्ण शर्तहरु लागू हुने गरी शिक्षालय, कार्यक्रम र कोटाहरु थप गरेको हो ।

प्रदेश एकमा नरवहादुर कर्माचार्य स्मृति प्रतिष्ठान, बिर्तामोड, झापामा डप्लोमा इन होटल म्यानेजमेण्टमा ४० कोटा, मेचीनगर पोलिटेक्निक इन्ष्टिच्यूट, झापामा डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गमा ४८ कोटो, शैलजा आचार्य स्मृति पोलिटेक्निक, सिसवनी, जहदा, मोरङ्गमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गमा ४८ कोटा, मनमोहन स्मृति पोलिटेक्निक इन्ष्टिच्युट, बुढीगंगा, मोरङ्गमा डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजीमा ४८ कोटा र बि.पी.सेवा केन्द्र, डाइनिया, मोरङ्ग मा डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गमा ४८ कोटा  सहितको कार्यक्रम् थप गरेको छ ।

त्यस्तै मधेश प्रदेशको सिम्रौनगढ बहुप्राविधिक शिक्षालय, सिम्रौनगढ, बारामा ४०–४० सिटसहित िडप्लोमा इन एग्रिकल्चर (प्लान्ट साइन्स) र  डिप्लोमा इन एग्रिकल्चर (एनिमल साइन्स) कार्यक्रम थप गरेको छ ।

बागमती प्रदेश अन्तर्गत मदन आश्रित स्मृति पोलिटेक्निक इन्ष्टिच्यूट, गोठाटार, काठमाण्डाडप्लोमा इन एग्रिकल्चर (प्लान्ट साइन्स) मा ४० कोटा सहितको कार्यक्रम थप गरेको छ । त्यस्तै, गण्डकी प्रदेशको गण्डकी पोलिटेक्निक इन्ष्टिच्यूट, पोखरा, कास्कीमा  डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ्गमा ४८ कोटा र  डिप्लोमा इन फरेष्ट्रीमा ४० कोटा थप गरेको छ ।

गण्डकी प्रदेशको श्री जनशक्ति माध्यमिक बिद्यालय, शहिद लखन, गापा ९, गोरखा डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गमा ४८ कोटा सहितको कार्यक्रम् सञ्चालन गर्न स्वीकृति दिएको छ ।

लुम्बिनी प्रदेशको कोरिया नेपाल बहु प्राविधिक शिक्षालय, बुटवल १२, रुपन्देहीमा  डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजीमा ४८ कोटाको लागि अनुमति दिएको छ ।

यस अघि परिषद्अन्तर्गत ६३ आंगिक, ४२ साझेदारी, ५७२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र ४२९ निजी गरी पाँचवटा स्वरुपमा बहु–प्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको थियो ।

सञ्चालित कार्यक्रम र पाठ्यक्रम प्राविधिक एसएलसी, डिप्लोमा तथा  प्रमाणपत्र तहका साथै छोटो अवधिका सिपमूलक तालिमहरु सञ्चालन गर्दै आएको छ। सो कोर्सअन्तर्गत प्राविधिक एसएससीतर्फ उत्तीर्णलाई १८ महिने र डिप्लोमा(प्रमाणपत्र तहतर्फ उत्तीर्णलाई ३ वर्षे कार्यक्रममा प्रशिक्षण सञ्चालन  गर्दै आएको सीटीईभीटीले जानकारी दियो ।

सीटीईभीटीअन्तर्गत अध्ययन अध्यापन हुने विषय र स्वीकृत पाठ्यक्रम

डिप्लोमा-प्रमाणपत्र तहतर्फ 

कृषि विज्ञान

डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) 

डिप्लोमा इन एग्रिकल्चर (पशु विज्ञान)

 डिप्लोमा इन फुड एन्ड डेरी टेक्नोलोजी

वन विज्ञान

डिप्लोमा इन फरेस्ट्री

इन्जिनियरिङ

डिप्लोमा इन सर्र्भे इन्जिनियरिङ

डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ

डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ

डिप्लोमा इन इलेक्टझोनिक्स इन्जिनियरिङ

डिप्लोमा इन इलेक्टिझकल इन्जिनियरिङ

डिप्लोमा इन इन्फरमेसन इन्जिनियरिङ

डिप्लोमा इन आर्किटेक्चर इन्जिनियरिङ

डिप्लोमा इन अटोमेकानिकल इन्जिनियरिङ

डिप्लोमा इन इलेक्टिझकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ

डिप्लोमा इन बायोमेडिकल इक्विपमेन्ट इन्जिनियरिङ

डिप्लोमा इन जियोमेक्ट्रिक इन्जिनियरिङ

डिप्लोमा इन रिफ्रिजेनेटर एन्ड एयर कन्डिसन इन्जिनियरिङ

डिप्लोमा इन हाइड्रोपावर इन्जिनियरिङ.

स्वास्थ्यतर्फ

प्रमाणपत्र तह सामान्य चिकित्सा

प्रमाणपत्र तह नर्सिङ

प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी

प्रमाणपत्र तह रेडियोग्राफी 

 प्रमाणपत्र तह डेन्टल साइन्स

प्रमाणपत्र तह आयुर्वेदिक साइन्स

डिप्लोमा इन फार्मेसी

डिप्लोमा इन अप्थाल्मिक साइन्स 

डिप्लोमा इन होमियोपेथी 

प्रमाणपत्र तह अक्युपन्चर, अकुप्रेसर, एन्ड मोक्सिबुसन

प्रमाणपत्र तह फिजियोथेरापी

प्रमाणपत्र तह डाइग्नोस्टिक रेडियोग्राफी

डिप्लोमा इन योग एन्ड नेचुरोप्याथी

हस्पिटालिटी तथा अन्य

डिप्लोमा इन होटल म्यानेजमेन्ट

 डिप्लोमा इन सोसियल वर्क

परिषद्ले डिप्लोमा-प्रविणता प्रमाणपत्र तह र टीएसएलसी तहको व्यवस्था गरेको छ। यसरी सञ्चालित विषयमा स्वास्थ्य विज्ञान, इन्जिनियरिङ, कृषि र अन्य विषयहरु पर्दछन्। यो तीन वर्ष अवधि अध्ययन गर्नुपर्ने हुन्छ। परिषद्ले यो तहको कार्यक्रम स्वास्थ्य, इन्जिनियरिङ कृषि र अन्य विषयमा सञ्चालन गर्ने गरेको छ।

 

Thuprai - Books and E-books