A Levels MA

पाठ्यक्रम विवादः सातदिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन

गणित, कम्प्यूटर लगायतका विषयलाई अनिवार्य विषय गराउनुपर्ने दबाब बढेपछि पाठ्यक्रम विवाद सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा देखिएको समिति गठन गरेको छ । समितिको संयोजकमा इन्जिनियरिङ क्याम्पस पुल्चोकका प्रा.डा.सुवर्ण शाक्य रहेका छन् ।

यस्तै सदस्यहरुमा सानोठिमी क्याम्पसका रमाकान्त पाण्डे, प्रकाश खतिवडा, पाठ्यक्रम विकास केन्द्रका गणित तथा विज्ञान शाखाका निर्देशक प्रमिला वखती रहेका छन् । 

समितीको संयोजकमा इन्जिनियरिङ क्याम्पस पुल्चोकका प्रा.डा.सुवर्ण शाक्य रहेका छन् । सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न भनिएको छ । 

समितिको सदस्य सचिवमा केन्द्रका पाठ्यक्रम अधिकृत खिलानाथ धमलालाई तोकिएको छ । समितिलाई गणित तथा कम्प्यूटर विज्ञान विषयसंग सम्वन्धित विश्वविद्यालय र उच्च शिक्षा सम्बद्ध सरोकारवालासंग अन्तकृया र छलफल गर्ने जिम्मा दिइएको छ । यस्तै, विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ र यसमा भएको विषयगत संरचनाका बारेमा अध्ययन गर्ने अख्तियारी दिइएको छ ।

साधारण धारतर्फ कक्षा ११ र १२ मा भौतिक विज्ञान, प्राणी विज्ञान र रसायन विज्ञान विषयका अतिरिक्त कम्प्यूटर विज्ञान तथा गणित विषय अध्ययन गर्ने प्रावधान मिलाउने बारेमा उपयुक्त सम्भावनाको खोजि गर्ने जिम्मेवारी दिइएको छ । सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न भनिएको छ । 

Thuprai - Books and E-books