After SEE Portal

प्रधानाध्यापक र कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा

Bridge Course

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ र कर्मचारी राकेशमान श्रेष्ठविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले प्रधानाध्यापक बलराम श्रेष्ठसँग ३० लाख ४२ हजार ३७८  रुपियाँ  र राकेशमान श्रेष्ठसँग २९ लाख ५० हजार  रुपियाँ  विगो माग  गर्दै मुद्दा दायर गरेको हो ।

तत्कालीन जिल्ला शिक्षा कार्यालय, पर्साबाट आर्थिक वर्ष २०६८–०६९ मा विज्ञान प्रयोगशाला निर्माण, सामग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माणवापत जम्मा २९ लाख ५० हजार  रुपियाँ  सम्बन्धित शीर्षकमा खर्च नगरी आफूखुसी खर्च गरेको, २०६७–०६८ को साउनदेखि असोजसम्मको तलब र दशै खर्चवापतको रकम ९२ हजार ३७८ रुपियाँ दोहोरो तलब लिएको अख्तियारको दाबी छ ।

A Levels MA
Thuprai - Books and E-books