After SEE Portal

कोरोनाका कारण विद्यार्थीहरु विमानस्थलमा अलपत्र

Bridge Course

शिक्षण बन्द भएपछि विदामा घर फर्किन लागेका विद्यार्थीहरु नेपालगञ्ज विमानस्थलमा रोकिएका छन् । गएको मंगलबार हुम्ला आउने तयारी गरिए पनि लकडाउनको कारण हवाइ यातायात बन्द हुँदा ती विद्यार्थी नेपालगञ्जको राँझा विमानस्थलमा रोकिएका हुन् । 

सिमकोट गाउँपालिका वडा नम्बर ५ का सुमन रावतले काठमाडौँमा अध्ययन गर्ने क्रममा विद्यालय र कलेज विदा भएपछि हुम्ला आउने क्रममा लकडाउनको कारण नेपालगञ्ज विमानस्थलमा रोकिएका विद्यार्थीको उद्धार गर्न सरकारसँग आग्रह गरे । उनका अनुसार ती विद्यार्थीका साथमा रहेको रकम पनि सकिएको छ । यस्तो अवस्थामा उनीहरुलाई हुम्ला ल्याउन वा नेपालगन्जमा बसोबासको व्यवस्था गरिदिनुपर्ने अभिभावकले माग गरेका छन् । 

कोरोनाको डरले शिक्षण संस्था बन्द भएपछि काठमाडौँबाट घर आउन ती विद्यार्थी नेपालगञ्ज आइपुगेका थिए । हिल्सा टुर एण्ड ट्राभलका सञ्चालक विष्णु रावतले ८० जना विद्यार्थीहरु नेपालगञ्ज विमानस्थलमा रोकिएको बताए । लकडाउनको पहिलो दिन उडानका लागि टिकट लिएको भए पनि हवाइ उडान नहुँदा उनीहरु रोकिए । 

कर्णाली प्रदेश सरकारले वयस्कलाई नेपालगञ्जबाट गाडीमा सुर्खेत ल्याएर क्वारेन्टाइनमा राखी साबिकको कर्णाली अञ्चलमा पठाउने व्यवस्था गरे पनि विद्यार्थीलाई त्यसरी ल्याउन सम्भव भएन । उनीहरु हुम्ला आउन नसक्दा केही होटेलमा छन् भने केही आफन्त कहाँ छन् । सबै विद्यार्थी कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने छन् । निजी एयरलाइन्सले प्रतिविद्यार्थी चार्टर फ्लाइटको भाडा १० हजार पाँच सय रुपियाँ लिने गरेका छन् । 

A Levels MA