After SEE Portal

प्रारम्भिक शिक्षा कार्यक्रमलाई समन्वय समिति

Bridge Course

चिप्लेढुङ्गा, १० भदौ (रासस): कास्कीमा सञ्चालन भइरहेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका लागि जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ कास्की मातह सञ्चालित कार्यक्रम प्रभावकारीसँगै उपलब्धि मुलक बनाउन र अनुगमका लागि जिल्लास्तरीय नौ सदस्यीय समिति गठन गरिएको हो । समितिको संयोजकमा शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी रहनुभएको छ ।

समितिको सदस्यमा गैरसरकारी संस्थाको तर्फबाट पदम पहारी, शिक्षक महासङ्घका बोधराज पौडेल, पोखरा महानगरपालिकाका शिक्षा शाखा प्रमुख गङ्गाबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिबाट राजकुमार गिरी, शिक्षा विकास समिति तथा कार्यक्रम अधिकृत लोकनाथ आचार्य, विषय विज्ञ कृष्णप्रसाद खतीवडा तारा चापागाईं सदस्य र सदस्य सचिव बबिता शर्मा रहनुभएकोछ ।

समितिले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्र्तगत कक्षा १ देखि ३ सम्म सामुदायिक विद्यालयमा पढने विद्यालयमा अनुगमन गर्नेछ । समितिको चालू वर्षको पहिलो बैठकले कार्यक्रमको अनुगमन र अनुगमन गर्ने कार्यक्रमबारे विस्तृत छलफल गर्ने निर्णय गरेको थियो ।

बैठकमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री, समितिका संयोजक नारायणप्रसाद सुवेदी, विषय विज्ञ कृष्णप्रसाद खतिवडा, गैससका प्रतिनिधि पदमराज पाहारीलगायतले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

पढाइ सीप, शिक्षण सिकाइमा सुधार, पढाइका लागि अभिभावक, परिवार र समुदायको सहभागितामा वृद्धि कसरी गर्न सकिन्छ भन्नेमा सबैले जोड दिनुभएको थियो । 

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कक्षा १ देखि ३ सम्म पढ्ने सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीको पढाइ सीप सुधार गर्नका लालि युएसएआइडी नेपालको सहयोगमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सञ्चालित पञ्चवर्षीय परियोजना हो। यो नेपाल सरकारको विद्यालय क्षेत्र विकास योजनाअन्र्तगत रहेको एउटा महत्वपूर्ण कार्यक्रम हो । नेपालका २० जिल्लाका सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षा पढाइ लागू भएको छ ।

A Levels MA