After SEE Portal

सामुदायिक विद्यालय सुधारमा सबै एकजुट हुनुपर्ने

Bridge Course

इटहरी, २२ असोज (रासस):  प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले सामुदायिक विद्यालयको शिक्षालाई उत्कृष्ट तुल्याउन शिक्षक, विद्यार्थी र अभिभावक सबैले एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । 

इटहरीमा रहेको पुरानो जनता माविले आज यहाँ शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटनपछि बोल्दै उहाँले शिक्षा क्षेत्रको परिवर्तनका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको सामूहिक सहकार्यबाट अपेक्षाकृत सुधार ल्याउन सकिने तर्क अघि सार्नुभयो । उहाँले इमान्दारितापूर्वक सहकार्य जरुरी रहेकोमा ध्यानाकर्षण गर्नुभयो । 

अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छत्रपति ढुङ्गेलद्वारा प्रस्तुत गुरुयोजनाका विषयमा आफ्नो टिप्पणी प्रस्तुत गर्नुहुँदै प्राध्यापक डा.टङ्क न्यौपानेले शिक्षालाई राजनीतिबाट अलग गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षण सिकाइलाई पहिलो प्राथमिकतामा राखे अपेक्षाकृत सुधार हुने उहाँको तर्क थियो । अर्का टिप्पणीकार प्राध्यापक डा.दिवाकर रेग्मीले शिक्षाको मूल उद्देश्य प्राप्तितर्फ शिक्षक, विद्यार्थी र अभिभावक केन्द्रित हुन सके आमूल परिवर्तन ल्याउन सकिने बताउनुभयो ।

A Levels MA
Thuprai - Books and E-books