After SEE Portal

११३ औं अन्तर्राट्रिय नारी दिवस

Bridge Course

आज ११३ औं अन्तर्राट्रिय नारी दिवस । मार्च ८ । क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस आरम्भ गरेककी थिइन् । श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिए थियो ।

सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने  महिलाले निश्चित समय काम गर्नुपर्ने,  उपयुक्त ज्याला र मतदानको अधिकार हुनुपर्ने मागसहित प्रदर्शन गरेका थिए । यो आन्दोलनसंगै नारी दिवसकाु सूत्रपात भएको हो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।

यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने उपाय क्लारा जेट्किनको थियो। उनले सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यो उपाय सुझाइन् । सो सम्मेलनमा  १७ देशका १०० भन्दा बढी कामकाजी महिला सहभागी थिए । उनीहरू सबैले उनको सुझावमा सहमति जनाए।

पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा मनाइयो। तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो।

अहिले अन्तर्राष्ट्रिय महिला दिवस महिलाहरू समाज, राजनीति र आर्थिक क्षेत्रमा कहाँ आइपुगे भन्ने मनाउने दिन बनेको छ। तर यो दिनको राजनीतिक धरातल भने निरन्तरको असमानताबारे चेतना जगाउनका लागि आन्दोलन र प्रदर्शन आयोजना गर्ने भन्ने हो। यो दिवस मार्च ८ तारिखमा मनाइन्छ। अन्तर्राष्ट्रिय महिला दिवस यही दिन मनाउने भनेर क्लाराको कुनै विचार थिएन।

सन् १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले ‘रोटी र शान्ति’ को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन। महिला आन्दोलनको चार दिनपछि तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो।

महिला आन्दोलन सुरु भएको मिति त्यतिबेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतवार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो। त्यही दिनलाई आजसम्म महिला दिवसका रूपमा मनाइदै आएको छ ।

A Levels MA
Thuprai - Books and E-books