After SEE Portal

हेटौँडामा बहुप्राविधिक महाविद्यालय निर्माण हुँदै

Bridge Course

हेटौँडा, ९ वैशाख (रासस):  सम्झौता भएको १० वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालय स्थापनार्थ भवनलगायतका पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

विसं २०६६ मा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना सम्झौता भए पनि भारतीय पक्षको ढिलासुस्तीले महाविद्यालय स्थापनाको कार्यमा ढिलाइ भएको थियो । 

दुई देशको सम्झौताअनुसार नेपाल पक्षले हेटौँडामा जग्गा उपलब्ध गराए पनि भारतीय पक्षले चासो नदिँदा उक्त महाविद्यालयको काम अगाडि बढ्न सकेको थिएन ।

गत वर्ष महाविद्यालय स्थापनाका लागि भवनलगायतका पूर्वाधार निर्माणमा रु ६४ करोड दिने सम्झौता गरेपछि भारतीय भारतीय निर्माण कम्पनी टिसिएनआइ र नेपालको आरोग्य कन्ट्रक्सन कम्पनीद्वारा संयुक्त रुपमा निर्माण कार्य अगाडि बढाइएको छ । हेटौँडा–६ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा रहेको करीब २७ बिघा जमीनमा भवन निर्माण हुन लागेको हो ।

हाल त्यहाँ भवन निर्माणका लागि रुख कटान र सरसफाइ कार्य द्रुतगतिमा भइहरेको छ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको विशेष निर्देशन र पहलमा जिल्ला वन कार्यालय मकवानपुरले सो सामुदायिक वनको रुख कटान गर्न र सरसफाइ गर्न थालेपछि पूर्वाधार निर्माण कार्य अगाडि बढेको जिल्ला वन कार्यालय मकवानपुरले जनाएको छ ।

भवन निर्माणमा भएको ढिलाइबारे मुख्यमन्त्री पौडेलले भारतीय दूतावासलगायतका उच्च पदाधिकारीसँग छलफलसमेत गर्नुभएको थियो । 

महाविद्यालय स्थापनापछि अध्ययन भवन, व्यावसायिक तालीम, छात्रावास, खेलकूद मैदान निर्माण हुनुको साथै विद्यालयमा पहिलो चरणमा डिप्लोमा तहको आइटी, मेकानिकल र इलेक्ट्रिक विषयको अध्ययन अध्यापन हुनेछ ।

A Levels MA