SEE Result 2082

चिनियाँ सहयोगमा अत्याधुनिक विद्यालय भवन निर्माण

विसं २०७२ सालको भूकम्पले विद्यालय भवन क्षतिग्रस्त भएपछि अस्थायी टहराबाट पठनपाठन हुँदै आएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको बराम्ची ढाँडेस्थित रत्नराज्य माविको अत्याधुनिक भवन निर्माण सम्पन्न भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रु एक अर्बको लगानीमा छात्रावाससहितको अत्याधुनिक तीनवटा भवनको निर्माणसम्पन्न भएको हो ।

कूल ६१ रोपनी क्षेत्रफलमा निर्माण भएको भवनमध्ये दुई भवनमा पठनपाठन र एउटा भवनमा ६०० जना बस्न मिल्ने छात्रावास भवन रहेको छ । जम्मा १२४ कोठा रहेको भवनमा सभाहल, कम्युटर ल्याब, फर्निचरसहित तातोचिसो पानीको समेत व्यवस्था मिलाउनुका साथै कम्पाउन्ड पर्खालसहितको खेलमैदानसमेत निर्माण गरिएको गाउँपालिका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको अति दुर्गम पर्ने सो पालिकाअन्तर्गत साबिक गुम्बा र गोल्चे गाविसका चौँरीपालक किसानका पठनपाठनबाट वञ्चित, अपाङ्ग तथा अभिभावकविहीन विद्यार्थीलाई समेत निःशुल्क रुपमा छात्रवासमा राखिनेछ ।  उनीहरूको सबै खर्च गाउँपालिकाले नै व्यहोर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । भवन निर्माणका लागि स्थानीयस्तरमा उपलब्ध हुने पानी र बालुवाबाहेक सम्पूर्ण निर्माणसम्बन्धी सामग्री चीनबाटै ल्याइएको थियो । उक्त विद्यालयमा हाल ४०० विद्यार्थी अध्ययनरत रहेको पालिकाले जानकारी दिएको छ ।

 

+2 School
Counseling
Bachelors Portal