भूकम्प प्रतिरोधात्मक बालविकास केन्द्र निर्माण

राजविराज, २३ फागन (रासस):  सप्तरीको विष्णुपुर गाउँपालिका–३ स्थित मुसहर्नियाँमा सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको सहयोगमा भूकम्प प्रतिरोधात्मक बालविकास केन्द्र निर्माण गरिएको छ । 

सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको साझेदारीमा विष्णुपुर गाउँपालिका तथा विद्यालयको संयोजनमा आयोजित समुन्नति कार्यक्रमअन्तर्गत बालविकास केन्द्रको निर्माण कार्य सम्पन्न भएको हो । 

जनता आधारभूत विद्यालय मुसहर्नियाँमा आयोजित बालविकास केन्द्रको भवन र छात्रछात्राका लागि सुविधा सम्पन्न छुट्टै शौचालय भवनसमेतको निर्माण कार्य सम्पन्न गरिएको छ । 

भूकम्प प्रतिरोधात्मक निर्माणाधीण बालविकास केन्द्रमा हालसम्म सेभ द सप्तरी, सेभ द चिल्ड्रेनको सहयोगमा बालविकास केन्द्रमा रु १५ लाख ६९ हजार ४३९, उक्त विद्यालयमा शौचालय निर्माणमा रु ११ लाख सात हजार ७२२, विद्यालयको कक्षाकोठा मर्मतसम्भारमा रु तीन लाख एक हजार गरी रु ३० लाख ९९ हजार ९३८ को लागतमा निर्माण गरिएको प्राविधिक सत्यनारायण यादवले जानकारी दिनुभयो । 

हालसम्म यस बालविकास केन्द्रमा रु १० लाख ५६ हजार मध्ये रु १९ हजार विद्यालयले सहयोग गरेको प्राविधिक यादवले बताउनभयो । 

उक्त विद्यालयमा बालविकास केन्द्रको भवन नहुँदा बालबालिकालाई पठनपाठन तथा सिकाइ प्रक्रिया समस्या हुने गरेको अवस्थामा सेभ द सप्तरी र सेभ द चिल्ड्रेनले गरेको सहयोगले बालबालिकाको लागि ठूलो उपलब्धि भएको विद्यालयका प्रअ देवन यादव बताउनुभयो । 

उक्त विद्यालयमा बालविकास केन्द्र, बालबालिकाको पहुँच हुने गरी निर्माण गरिएको भौतिक पूर्वाधार विकास भएपछि यस विद्यालयका कक्षा १ को तैयारीसँगै बालबालिकाको चौतर्फी विकासमा सहयोग पुग्ने विश्वास लिएको समुन्नति कार्यक्रमका परियोजना संयोजक उमदेश्वर चौधरीले बताउनुभयो । 

Degrees offered in nepal
Counseling
Bachelors Portal