After SEE Portal

काँग्रेसले सार्वजनिक गर्यो शिक्षा नीति

Bridge Course

आगामी पाँच वर्षभित्र माध्यमिक तहसम्म निःशुल्क र १० वर्षभित्र समान अवसरको शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइने शिक्षा नीतिलाई नेपाली काँग्रेसले प्रस्ताव गरेको छ ।

काँग्रेसको शिक्षा विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई बिहीबार प्रधानमन्त्रीको समेत जिम्मेवारीमा रहेका पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ । सो शिक्षा नीतिलाई आज नेका शिक्षा विभागले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।

शिक्षा नीतिमा विद्यालय शिक्षामा माध्यमिक, आधारभूत र पूर्वआधारभूत तहको प्रस्ताव गरिएको छ । बाल शिक्षादेखि कक्षा ४ सम्मलाई पूर्वआधारभूत, कक्षा ५–८ सम्मलाई आधारभूत र कक्षा ९–१२ लाई माध्यमिक तहको शिक्षा हुने भनी परिभाषा गरिएको छ ।

नेकाका केन्द्रीय सदस्यसमेत रहेका शिक्षा विभाग प्रमुख हरिप्रसाद रिमालले नेपालको संविधान २०७२ को प्रावधानका आधारमा शिक्षा नीति प्रस्ताव गरिएको बताउँदै भने, “शिक्षामा आमूल परिवर्तन गर्ने गरी शिक्षा नीति प्रस्ताव गरेका छौँ ।”

उनले पार्टी सभापतिलाई बुझाइएको शिक्षा नीतिलाई पार्टीको आसन्न महाधिवेशनबाट पारित गर्नुपर्ने बताउँदै चुनावी घोषणापत्रमा व्यवस्था भएका शिक्षाका प्रतिवद्धता कार्यान्वयन हुन समस्या भएकाले महाधिवेशनबाट पारित हुनसकेमा कार्यान्वयनमा सहज हुने बताए ।

उनले विगतको सरकारले करोडौँ रुपियाँ खर्च गरेर तयार गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन अझैसम्म लुकाइएको प्रसङ्ग उल्लेख गर्दै आफूहरुले तयार गरेको शिक्षा नीति सहमतिको साझा दस्तावेज होस् भन्ने चाहेको धारणा व्यक्त गरे ।

A Levels MA
Thuprai - Books and E-books