After SEE Portal

ट्रष्टको सम्पत्ति शिक्षामा लगानी गर्ने विषय अन्योल

Bridge Course

नेपाल ट्रस्ट स्थापना भएको १२ वर्ष वितिसक्दा पनि ट्रस्ट स्थापना हुँदा गरिएको निर्णय अझै अन्योलमा परेको छ । स्थापना ताका गरिएको उक्त निर्णय कार्यान्वयन गर्न अहिले सम्म कार्यान्वयन हुन सकेको छैन ।

नेपाल ट्रष्ट नियमावली, २०६५ मा शिक्षा क्षेत्रमा समेत नेपाल ट्रष्टको सम्पत्ति लगानी गर्ने उल्लेख गरिए पनि अहिले सम्म सो नियमावली कार्यान्वयन हुन सकेको छैन । ०६५ मा बनेको नियमावलीमा पनि ट्रस्टको सम्पत्तिको कति प्रतिशत शिक्षामा लगानी गर्ने भन्ने विषय अन्योलमा परेको हो । ट्रस्टको सम्पूर्ण सम्पत्ति कसरी लगानी गर्ने कुन क्षेत्रमा कति लगानी गर्ने भन्ने विषयमा अहिलेसम्म पनि हुन सकेको छैन ।

स्थापनाको लामो समयपछि नेपाल ट्रष्टले भने ट्रष्टको सम्पत्ति शिक्षा क्षेत्रमा लगानी गर्ने तयारी थालिएको जनाकारी दिएको छ । सम्पत्ति परिचालनका ट्रस्टले कार्र्यविधि बनाउन थालिएको नेपाल ट्रष्ट कार्यालयले जानकारी दियो । कार्यालयका सूचना अधिकारी सोभित रिजालका अनुसार ट्रष्टको सम्पत्ति शिक्षा क्षेत्रमा पनि लगानी गर्न तयरी गरिरहेको छ । कार्यविधि बनिसकेपछि शिक्षा क्षेत्रको विषय निर्धारण गरी लगानी गरिने उनले बताए ।

ट्रष्टको सम्पत्ति विद्यालय, महाविद्यालय वा विश्वविद्यालय जस्ता शैक्षिक संस्था खडा गरी सञ्चालन गर्ने योजना वनाइएको छ । यस्तै, शैक्षिक वा प्राज्ञिक क्षेत्रसंग सम्बन्धित अल्पकालीन वा दीर्घकालीन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने भएकोे छ ।

यसैगरी, कुनै सामुदायिक शिक्षण संस्था वा साहित्य, विज्ञान तथा प्रविधि सम्वन्धी सामुदायिक वा सार्वजनिक शैक्षिक वा प्राज्ञिक संस्थालाई अनुदान प्रदान गर्ने गरी कार्यविधि बनाइरहेको ट्रष्टले जानकारी दियो ।

यस्तै, ट्रष्टको सम्पत्तिलाई आर्थिक रूपले विपन्न र दुर्गम तथा पिछडिएको क्षेत्रका व्यक्तिहरू मध्येबाट उच्च अंक प्राप्त गरी एसईई उत्तीर्ण भएका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराउने योजना रहेको सूचना अधिकारी रिजालले बताए ।

यस्तै, दुर्गम तथा पिछडिएका क्षेत्रका सामुदायिक विद्यालयहरूको भवन निर्माण तथा मर्मत सम्भारको लागि समितिले उचित ठहराएको रकम अनुदान प्रदान गर्ने ट्रष्टले जनाएको छ ।

दुर्गम तथा पिछडिएका क्षेत्रका सामुदायिक विद्यालयहरूमा समितिले तोकेको कुनै खास विषय अध्यापनका लागि योग्य शिक्षकको तलव भत्ताको अनुदान प्रदान गर्ने र सामुदायिक विद्यालयका शिक्षकको स्तरवृद्धिका लागि विषयगत शिक्षण विधि विषयमा तालिम सञ्चालन गर्न अनुदान प्रदान गर्ने ट्रष्टको योजना छ ।

नेपाल ट्रष्टको सम्पत्ति कति ?

नेपाल ट्रष्टको चल सम्पत्ति ७८ करोड ९ लाख ७७ हजार ७९३ रूपियाँ छ । यस्तै, अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र ब्रिटिस पाउन्ड स्टर्लिङ ५० हजार १२४ बैंकमा मौज्दात रहेको छ ।

यस्तै सेयरतर्फ नबिल बैंकको सेयर ५ लाख ३३ हजार २४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार ७५० कित्ता छ ।  यसको कति प्रतिशत शिक्षामा लगानी गर्ने भन्ने विषय नै अहिलेसम्म अन्योलमा नै रहेको पाइएको हो ।

A Levels MA