After SEE Portal

स्नातक तहमा मनोविज्ञानको कक्षा सञ्चालन

Bridge Course

काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन  प्राप्त नेसनल कलेजले स्नातक तहमा मनोविज्ञानको कक्षा सञ्चालन गर्ने भएको छ । चार वर्षमा आठ सेमेष्टरको कार्यक्रम कलेजले सञ्चालन गर्न लागेको हो ।

प्रत्येक सेमेस्टरमा पाँच विषय रहेको र आठ सेमेस्टरमा सकिने गरी चारवर्षे कार्यक्रमका लागि पाठ्यक्रम तयार पारिएको क्याम्पसले जानकारी दियो । सामाजिक कार्य, मानवविज्ञान, अर्थशास्त्र, समाजशास्त्र, र सार्वजनिक स्वास्थ्य जस्ता क्षेत्रका विषयलाई ककीकृत गरी यो पाठ्यक्रम तयार गरिएको छ ।

क्याम्पसका अनुसार चालु शैक्षिक सत्रदेखि नै कक्षा सञ्चालन हुने भएको छ ।

पहिलो वर्षको दुई सेमेस्टरका प्रत्येक एकाइमा तीनतीन क्रेडिट गरी जम्मा ३५ क्रेडिट, दोस्रो वर्षमा ३६ क्रेडिट, तेस्रो वर्षमा ३६ क्रेडिट र चौथो वर्षमा २१ क्रेडिट गरी जम्मा  १२८ क्रेडिटको कक्षा सञ्चालन गर्ने भएको हो ।

विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्ः

पाठ्यक्रममा मनोविज्ञानको परिचय, इतिहास, सिद्धन्तहरू, कसरी अध्ययन गर्नेलगायत विज्ञान, समाजिक, आर्थिक विषयलाई समेटिएको  कार्यक्रम सुभारम्भ कार्यक्रममा कलेजले जानकारी दियो ।  पाठ्यक्रम् कार्यान्वयन भने सैद्धान्ति र र प्रयोगात्मक शैलीमा हुने कलेजले जानकारी दियो ।

प्रधानाध्यापक माधवप्रसाद न्यौपानेका अनुसार  यो कार्यक्रम भर्ना हुनका लागि कक्षा १२ मा  न्यूनतम  १.६ सीजीपीए वा ४० प्रतिशत भन्दा माथि अंक ल्याएको हुनुपर्छ ।  एडभान्स लेभलमा तीनवटा विषयमा कम्तीमा डी ग्रेड ल्याएको हुनु पर्ने छ र भर्नाका लागि प्रवेश परीक्षा लिइने छ । प्रवेश  लिखित र मौखिक परीक्षामा गरेको  प्रदर्शनको आधारमा विद्यार्थी छनोट गरिनेछ।  लिखित परीक्षामा गणित, अ¬्ग्रेजी र सामान्य ज्ञान बाट प्रश्न सोधिने छ । लिखित परीक्षामा उत्तीण मात्र अन्तर्वार्ताका लागि छनोटमा पर्ने कलेजले जानकारी दियो । सो परीक्षाको नतिजामा पाएको प्राप्तांकका आधारमा मेरिट लिस्ट तयार  गरी सोही अनुरुप भर्ना लिइने बलेजले बताएको छ ।

ब्रिडिङ थ्योरी र अभ्यास, मनोवैज्ञानिक ज्ञान र सिद्धान्तहरूको व्यावहारिक प्रयोगलाई  पाठ्यक्रमले जोड दिएको कलेजको दावी छ । व्यक्ति तथा समूहकार्यबाट मानव व्यवहार र मानसिक प्रक्रियाहरूको मूल्याङ्कन गर्न मूल्यवान सीपहरू प्राप्त गर्न यो कार्यक्रम ल्याइएको हो ।

क्लिनिकल, स्कूल, समुदाय, व्यवसाय, र कानुनी सन्दर्भहरूमा विभिन्न मनोवैज्ञानिक चुनौतीहरूको सामना गरिरहेका व्यक्तिहरूलाई सहयोग प्रदान गर्न विशेषज्ञताको विकास गर्न यो कार्यक्रम लागु गरिएको कलेजले जानकारी दियो ।

उत्पादिन जनशक्तिले  विभिन्न क्षेत्रमा मनोवैज्ञानिक अनुसन्धान सञ्चालन गर्न सक्षम हुने बताइएको छ ।  मनोसामाजिक परामर्श, अनुसन्धान, बाल हेरचाह, विज्ञापन र मार्केटिङ, मानव संसाधन, किशोर–किशोरी न्याय, क्षेत्र पर्यवेक्षण, केस व्यवस्थापन, र सामुदायिक कार्य सहित विभिन्न क्षेत्रमा मानव संशाधन आवश्यक ठानेर यो काक्रम ल्याइएको कलेजले जानकारी दियो ।

विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

A Levels MA