After SEE Portal

लोपोन्मुख भाषा जोगाउन कक्षा सञ्चालन

Bridge Course

भाषा आयोगले लोपोन्मुख कुसुन्डा जातिको भाषा जोगाउन दाङमा एक महिने कक्षा सञ्चालन गर्ने भएको छ ।

सो कक्षा घोराही उपमहानगरपालिका –५ धर्नाको महेन्द्र मावि र वडा –१८ को सुपैलाखुटीको कुसुन्डा बस्तीमा एक महिनासम्म सञ्चालन गरिने भएको छ ।

महेन्द्र माविमा १२ जनालाई र सुपैलाखुटीमा १८ जना सहभागीलाई समेटेर भाषाकक्षा सञ्चालन गर्न लागिएको छ ।

सो कक्षाको सहजीकरण कुसुन्डा भाषाका पाठ्यपुस्तक लेखक उदयबहादुर आलेले गर्ने भाषा आयोगले जानकारी दियो ।

कुसुन्डाका बालबालिकालाई भाषाका जानकारी कमला कुसुन्डा र उर्मिला कुसुन्डाले सहजीकरण गराउने भएका छन् ।

सो आयोगका सचिव लक्ष्मीप्रसाद भट्टराईले कुसुन्डा भाषाको संरक्षणका लागि अर्को पुस्तालाई भाषा सिकाउनुपर्ने भएकाले कक्षा सञ्चालन गरिएको जानकारी दिए ।

घोराही उपमहानगरपालिका–५ रहेको महेन्द्र मावि, धर्नाको छात्राबासमा अध्ययन गर्ने कुसुन्डा किशोरीहरुलाई ९० घण्टाको कार्यक्रमअन्र्तगत दिनको दुई घण्टाका दरले ६० घण्टाको प्रत्यक्ष कक्षा हुने र बाँकी ३० घण्टा स्वाध्ययन हुने आयोगका उपसचिव गेहनाथ गौतमले जानकारी दिए ।

उक्त कक्षामा १० जना कुसुन्डा जातिका विद्यार्थी र एक जना वादी समुदायका विद्यार्थी सहभागी हुने भएका छन् ।

सो उपमहानगरका प्रमुख नरुलाल चौधरीले भाषा मानिसको पहिलो माध्यम भएको र लोपोन्मुख भाषालाई बचाउन आफूहरु लागि परेको बताउँदै यसको संरक्षण र संवद्र्धनमा स्थानीय तहले विशेष चासो राखेर काम गर्ने बताए ।

आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा। लोकबहादुर लोप्चनले आफू–आफूले बोल्दा कुसुन्डा भाषा प्रयोगमा ल्याउन सकेमा भाषाको प्रयोग धेरै हुने र भाषा जीवन्त रहने बताए ।

कुसुन्डा भाषाका पाठ्यपुस्तक लेखक आलेले कुसुन्डा भाषालाई जीवन्त राख्न सम्बन्धित समुदायले कथ्य परम्परालाई कायम राख्नुपर्ने बताए ।

कुसुन्डा भाषाको जानकार कमला कुसुन्डा सेनले यहाँ कुसुन्डा भाषा जानेको जीवित व्यक्ति आफूमात्र भएको र आफ्नो भाषाको संरक्षणमा लागेको बताइन् ।

“भाषा अरुलाई सिकाइएन भने आफूसँगै मर्छ, त्यसैले भाषा आयोगले कुसुन्डा भाषा सिकाउने अवसर दिएकोमा धेरै खुशी लागेको छ” उनले भनिन् ।

सो अवसरमा नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डा, महेन्द्र माविका प्रधानाध्यापक ऋषिराज अधिकारीलगातयले सबै भाषाको संरक्षण र सवद्र्धनमा आयोगको ध्यान जानुपर्ने र लोपोन्मुख जातिको भाषालाई संरक्षण गर्ने यस्ता कार्यक्रम प्रभावकारी हुने बताए यो ।

राष्ट्रिय जनगणना २०५८ मा नेपालमा कुसुन्डाको जनसंख्या १६४ तथा वक्ताको संख्या ८७ उल्लेख थियो । २०६८ को तथ्याङ्क अनुसार नेपालमा कुसुन्डाहरुको जनसंख्या २१३ उल्लेख छ ।

A Levels MA
Thuprai - Books and E-books