CMAT

विद्यालयका लागि एक दिन कार्यक्रम सञ्चालन गर्ने

लुम्बिनी प्रदेश सरकारले विद्यालयका लागि एक दिन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रम्मा शिक्षाको समग्र विकासको लागि थोरै विद्यालय धेरै विद्यार्थी, विद्यार्थीसँग विशेषज्ञ, नमुना शिक्षण विद्यालय, मेरो विद्यालय मेरो दायित्व, विद्यालयका लागि मेरो एक दिन लगायतका शैक्षिक सुधार कार्यक्रम अगाडि बढाउने घोषणा गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहको संयूक्त अनुगमन संयन्त्र निर्माण गरी अनुगमन तथा सुपरीवेक्षण कार्यलाई व्यवस्थित गरिने उल्लेख छ ।

अटिजम भएका वालवालिकाका लागि स्रोत कक्षा सन्चालन र व्यवस्थापनमा सहयोग गरिनेछ । बाँके जिल्लामा अटिजमको थप कक्षा सञ्चालनमा सहयोग गरिने उल्लेख छ।

कक्षा १२ वा सो भन्दा माथि कलेज वा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रदेश वा स्थानीय तहका विभिन्न निकायमा सेवा प्रवाह र ज्ञान आदान–प्रदान गर्ने गरी ईन्टर्न सम्बन्धी नीति निर्माण गरी कार्यान्वयनमा ल्याईनेछ ।

यस्तो छ शिक्षा सम्बन्धी नीति तथा कार्यक्रम

शिक्षा सम्बन्धी विकास साझेदार निकायसँगको सहकार्यमा युवाका लागि औद्योगिक प्रशिक्षण, वृत्ति परामर्श, प्राविधिक शिक्षालयको स्तरीकरण, प्रशिक्षकको तालिम तथा अनौपचारिक क्षेत्रमा सिकेका सीपको परीक्षण, नक्साङ्कन र प्रमाणिकरणका लागि आवस्यक संस्थागत व्यवस्था गरिनेछ ।

युवामा सकारात्मक र समाजसेवी भावनाको विकास एवम् प्राविधिक तथा अन्य क्षेत्रको आवश्यकतालाई पुरा गर्न स्वयंसेवक परिचालन कार्यक्रमलाई निरन्तरता दिइनेछ। प्राविधिक शिक्षालयमा लक्षित वर्गको पहुँच, गुणस्तर र सुशासनका लागि अन्तरनिकाय सहकार्य गरिनेछ । प्राविधिक शिक्षालयमा रोजगार सूचना केन्द्र र नवप्रवर्तन केन्द्र जस्ता इकाईको स्थापना र सञ्चालन गरिनेछ।

शैक्षिक संस्थाको गुणस्तर अभिवृद्धिका लागि शैक्षिक सामग्रीको व्यवस्था, शिक्षण सिकाई पद्धतिमा सुधार, सफल अनुभवको आदान–प्रदान, अत्याधुनिक शिक्षण विधि र प्रविधिको उपयोग मार्फत स्थानीय तहसँगको सहकार्यमा “प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम” सञ्चालन गरिनेछ । संघ, प्रदेश र स्थानीय तहको संयूक्त अनुगमन संयन्त्र निर्माण गरी अनुगमन तथा सुपरीवेक्षण कार्यलाई व्यवस्थित गरिनेछ ।

अनुसन्धान र विकासलाई उच्च शिक्षाको अभिन्न अँगको रुपमा विकसित गर्दै लगिनेछ । लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्रभावकारीरुपमा सञ्चालन र विस्तार गरिनेछ। प्रदेशस्तरमा प्राज्ञिक अनुसन्धान, वैज्ञानिक सोच तथा सीपको विकास गरी नवप्रवर्तनमा जोड दिन रुपन्देहीको सियारीमा विज्ञान संग्रहालयको निर्माणलाई निरन्तरता दिईनेछ।

सिकाईमा विशेष आवश्यकता भएका वालवालिकालाई शिक्षामा दिदै आएको सहयोगलाई निरन्तरता दिदै अटिजम भएका वालवालिकाका लागि स्रोत कक्षा सन्चालन र व्यवस्थापनमा सहयोग गरिनेछ । बाँके जिल्लामा अटिजमको थप कक्षा सञ्चालनमा सहयोग गरिनेछ।

शिक्षाको समग्र विकासको लागि थोरै विद्यालय धेरै विद्यार्थी, विद्यार्थीसँग विशेषज्ञ, नमुना शिक्षण विद्यालय,

मेरो विद्यालय मेरो दायित्व, विद्यालयका लागि मेरो एक दिन लगायतका शैक्षिक सुधार कार्यक्रम अगाडि बढाईनेछ।

प्रदेशस्तरमा शैक्षिक संस्थाको लागि जनशक्ति विकास तथा प्रक्षेपण सम्वन्धी नीतिगत व्यवस्था गरिनेछ । कक्षा १२ वा सो भन्दा माथि कलेज वा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रदेश वा स्थानीय तहका विभिन्न निकायमा सेवा प्रवाह र ज्ञान आदान–प्रदान गर्ने गरी ईन्टर्न सम्बन्धी नीति निर्माण गरी कार्यान्वयनमा ल्याईनेछ ।

बुटवलमा निर्माण सम्पन्न भएको भवनमा प्रदेश पुस्तकालय सञ्चालनमा ल्याईनेछ । पठन संस्कृतिको विकास गर्न पुस्तकालय सहयोग कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।

राष्ट्रिय मापदण्ड अनुरूप खेलकुदको विकास र विस्तारका लागि पूर्वाधार निर्माण, मर्मत तथा सम्भार गरी खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ । खुला व्यायामशालाको अवधारणालाई प्रदेशभर क्रमशः कार्यान्वयन गर्दै लगिनेछ । विद्यालयसँगको समन्वयमा स्काउट गतिविधि सञ्चालन गरिनेछ ।

युवा विकासका पाँच स्तम्भः गुणस्तरीय र व्यावसायिक शिक्षाः रोजगारी, उद्यमशीलता र सीप विकासः स्वास्थ्य र सामाजिक सुरक्षाः सहभागिता र नेतृत्व विकासः खेलकुद र मनोरञ्जनलाई सहयोग पुग्नेगरी लक्ष कार्यक्रम सञ्चालन गरिनेछ ।

युवा रोजगारी तथा स्वरोजगारीका लागि छोटो अवधिका तालिम, वित्तीय तथा डिजिटल साक्षरता, उत्पादनको ब्राण्डिङ तथा ई– मार्केटिङ लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रदेश भित्र मातृभाषाको रुपमा बोलिने प्रमुख भाषालाई सरकारी कामकाजको भाषा बनाईनेछ ।

 

Thuprai - Books and E-books