After SEE Portal

संसदको शिक्षा समितिको निष्कर्षः पर्ख र हेरको अवस्था छ किन आत्तिएको ?

Bridge Course

संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफलमा बुधबार परीक्षा, पठनपाठन र विद्यार्थी भर्ना अभियानका सन्दर्भमा छलफल भयो । छलफलमा उठेका मुख्य कुराहरुको सारसंक्षेपः

कुनै पनि तहमा भर्ना र परीक्षा नलिन निर्देशन: जयपुरी घर्ती, समिति सभापति शिक्षा तथा स्वास्थ्य समिति 

आज समितिको बैठक बस्यो । घनिभूतरुपमा छलफल पनि भयो । समितिले कुनै पनि तहमा भर्ना र परीक्षा नलिन निर्देशन दिएको छ । लकडाउनको अवस्थामा घरमा रहेका विद्यार्थीलाई विद्यालयले विभिन्न माध्यमबाट पठनपाठन गरिरहेको पाएका छौं । यहीलाई आधार मानेर विद्यालयको तहगत, विषयगत, औपचारिक पठनपाठन नमानिने कुराको अहिले नै सुनिश्चितता गर्न आवश्यक छ भनेर सरकारलाई भनेका छौं ।

कोरोना जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालयले गरिरहेको तयारीका बारेमा आगामी बैठकमा जानकारी गराउन आग्रह गरेका छौं ।

एसईई परीक्षा खारेज गरौं: गगन थापा 

छलफलबाट निष्कर्ष निस्किन्छ । आज शिक्षामन्त्री पनि याे छलफलमा आउनुपथ्र्यो । लकडाउन भनेको शिक्षक र विद्यार्थीबीच भौतिक भेटघाट नहुने हो । संघको शिक्षा मन्त्रालयले आदेश दिने मात्रै काम गर्छ । यस्तो अवस्थामा त स्थानीय सरकारलाई बलियाे बनाउनुपर्छ । एसईई परीक्षा खारेज गरौं । यो एउटा अवसरको रुपमा लिदै आन्तरिक मूल्याकंन गरेर अघि बढाैँ।

संकटभित्र समाधान खोजौं: विद्या भट्टराई 

संकटभित्र समाधान खोज्नुपर्छ । अहिले यो अवस्थामा सीमान्तकृत झन सीमान्तकृत भएको अवस्था छ । अनलाइन कक्षा केही विद्यालयले सुरु गरे भन्ने आएको छ ।

तर हामीले हुने खानेलाई मात्रै हेर्नु हुँदैन गरिखाने वर्गलाई पनि मध्यनजर गर्नुपर्छ । अनलाइन कक्षा सञ्चालन गर्ने नै भए स्रोतको आधारमा वर्गीकरण गरौं । स्पष्ट योजनाका साथ अघि बढ्न आवश्यक छ ।

विद्यार्थी भर्ना गर्ने हतार नगरौं: जिवनराम श्रेष्ठ 

अहिले विद्यार्थी भर्ना गर्ने भनेर हतार नगरौं । स्थिति अफ्ठेरो छ । एसईई, कक्षा ११ र १२ को सन्दर्भमा विद्यालयले लिएकाे पछिल्लाे परीक्षालाई आधार मानेर अघि बढाैँ । परीक्षा पनि तत्काल सम्भव देख्दिन म । भौगोलिक विविधता युक्त देश छ । अनलाइन कक्षा पनि कसैलाई काखा कसैलाई पाखा जस्तो भयो । यस विषयमा शिक्षा मन्त्रालयले सोंच्नुपर्ने देख्छु म ।

जोखिम घटेपछि सिफ्ट अनुसार परीक्षा सम्भव:नारायण मरासिनी

वास्तवमा परीक्षाको विकल्प छैन । जसरी भए पनि परीक्षा सञ्चालन गर्नैपर्ने हुन्छ । ढिलाे चाँडो हुनसक्छ । कोरोना जोखिम कम हुँदै गएपछि बरु एसईई, कक्षा ११ र १२ को परीक्षा सिफ्टअनुसार योजना बनाएर सञ्चालन गर्नुपर्छ । अहिले पर्ख र हेरको अवस्था छ ।

A Levels MA