After SEE Portal

कक्षा १२ का छात्रालाई कम्प्युटर प्रदान गरिने

Bridge Course

मधेश प्रदेश सरकारले प्रदेशका सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रालाई एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रदेशका छात्रालाई कम्प्युटर प्रविधिमा पहुँच पुर्याउन उद्देश्यले छात्रालाई कम्प्युटर प्रदान गर्ने नीति लिएको हो । आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले यस्तो जानकारी दिएका हुन् ।

प्रत्येक जिल्लामा १–१ नमूना विद्यालय

प्रत्येक जिल्लाका १–१ वटा विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न राष्ट्रिय स्तरमा ख्याती प्राप्त विद्यालयहरुसँग व्यवस्थापकीय सम्झौता गर्ने नीति लिएको छ ।

बारा जिल्लामा “भेटनरी कलेज एण्ड रिसर्च सेन्टर” को स्थापना गर्ने

मधेश प्रदेश सरकारले बारा जिल्लामा “भेटनरी कलेज एण्ड रिसर्च सेन्टर” को स्थापना गर्ने नीति लिएको छ ।  मधेश कृषि विश्वविद्यालय अन्तर्गत सम्भाव्यता अध्ययन गरी कलेज स्थापना गर्ने भएको हो ।

त्यस्तै, मधेश विश्वविद्यालयको सम्बन्धनमा प्रत्येक जिल्लामा एउटा कन्या आवासीय कलेज स्थापना गरिने नीतिमा उल्लेख छ । मधेश कृषि विश्वविद्यालयको नेतृत्वमा कृषि तथा पशु सेवा क्षेत्रमा अध्ययनरत स्नातक वा स्नातकोत्तर तहको प्राविधिक जनशक्तिलाई स्थानीय तहसंग समन्वय गरी किसानसम्म प्रविधि हस्तान्तरणको लागि कार्य प्रशिक्षणमा संलग्न गराईने नीतिमा उल्लेख गरेको छ ।

प्रदेश साक्षर अभियान कार्यक्रम सञ्चालन गरिने

निरक्षरता प्रदेश विकासको वाधक र सामाजिक रुपान्तरणको चुनौतिको रुपमा रहेकोले स्थानीय तहसंगको सहकार्यमा यूवा स्वयंसेवक, विद्यार्थी तथा विद्यालय समेतको परिचालन गरी ‘प्रदेश साक्षर अभियान’ कार्यक्रम सञ्चालन गरिने नीतिमा उल्लेख छ ।

विद्यालयको पूर्वाधार विकास गरिने

नागरिकको गुणस्तरीय शिक्षाको हकलाई आत्मसात गर्दै प्रदेश भित्र रहेका विद्यालयहरुको भौतिक तथा अन्य पूर्वाधारहरुलाई क्रमिक रुपमा विकास गर्दै लगिने नीतिमा भनिएको छ ।

प्रदेशभित्रका सवै विद्यालयहरुको खानेपानी र सरसफाई स्वच्छताको लागि अनलाइन डाटावेस तयार गरिनेछ र सोको लागि आवश्यक पूर्वाधार निर्माणतर्फ क्रमशः कार्यान्वयन गरिने भनिएको छ ।

टेली शिक्षा प्रणालीको शुरुवात गरिने

विद्यालय शिक्षामा नवीनतम सूचना प्रविधि तथा स्थानीय भाषाहरूको प्रयोग गरी टेली शिक्षा प्रणालीको शुरुवात गरिने नीतिमा उल्लेख गरिएको छ ।

हरेका पालिकाका एक जना उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरिने

गुणस्तरीय शिक्षाको लागि संघीय सरकार र स्थानीय तहहरुको समन्वय तथा सहकार्यमा शिक्षकहरुको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने नीतिमा भनिएको छ ।

शिक्षाको गुणस्तरीयता अभिवृद्धि गर्न योगदान दिएका शिक्षकको कदर गर्दै वस्तुपरक आधारमा “एक पालिका एक उत्कृष्ठ शिक्षण अभियान अन्तर्गत एक एक जना शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउने नीतिमा उल्लेख छ ।

त्रिपक्षीय सम्बन्ध सुधार गरिने

गुणस्तरीय शिक्षाको लागि त्रिपक्षीय (विद्यार्थी, अभिभावक र शिक्षक) बीचको सम्बन्धलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति लिईने भनिएको छ ।

सामाजिक रुपान्तरण तथा लैङ्गिक सशक्तिकरणका लागि मुख्यमन्त्री ‘बेटी पढाउ, बेटि बचाउ’ अभियानलाई निरन्तरता दिने नीतिमा उल्लेख छ । यस कार्यक्रमलाई निरन्तरता दिदै यस अभियान अन्तर्गत कक्षा आठमा अध्ययनरत छात्राहरुलाई साइकल खरिदको लागि विद्यालयमा अनुदान रकम उपलब्ध गराईने नीतिमा भनिएको छ ।

A Levels MA
Thuprai - Books and E-books