CMAT

विद्यालयलाई दुई थान कम्प्युटर

हुम्ला, ८ पुस (रासस) : हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको एक विद्यालयलाई दुई थान कम्प्युटर रोटरी क्लबले सहयोग गरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–४ मा रहेको इन्द्रज्वाला प्राथामिक विद्यालय लेखलाई कम्प्युटर शनिबार हस्तान्तरण गरिएको हो । 

रोटरी क्लबले शनिबार एक कार्यक्रमका बीच कम्प्युटर उपलब्ध गराएको सोही गाउँपालिका–४ का सदस्य राजबहादुर जेठाराले बताउनुभयो । खार्पुनाथ गाउँपालिका–४ मा रहेको रोटरी क्लबले सोही इन्द्रज्वाला प्राथामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोभान जेठारा र सोही गाउँपालिका–५ का सदस्य भरत शाहीको उपस्थितिमा दुई थान कम्प्युटर वितरण गरिएको छ । 

विद्यार्थीको पाठ्यक्रममा नै कम्प्युटर कोर्ष भएका कारण विद्यार्थीलाई पढ्न सहज हुने भन्दै वितरण गरिएको वडा नं ५ का सदस्य जेठाराले बताउनुभयो । 

Thuprai - Books and E-books