Thuprai - Books and E-books
Scholarship edusanjal

शिक्षा मन्त्रीलाई गुनासो पत्रः

Admission edusanjal

संरक्षक ज्यु सर्वप्रथम क्षमा चाहन्छु । किनकि, मन अशान्त छ । पीडा असैह्य भइसकेको छ त्यसैले कहिकतै मैले लेखेका सामान्य शब्दले हजुरको देशैकै शिक्षा संरचनाको बागडोर सम्हालेको मन दुख्न सक्छ । त्यसैले क्षमा चाहन्छु । आदरणीय प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) का अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल तथा सम्पूर्ण नीति निर्माताहरु प्रति हामी सीटीईभीटीका विद्यार्थीहरुको तर्फबाट झुकेर नमन ।

यस महामारीको बेला हामी विद्यार्थीहरुको समस्या बुझी नयाँ विकल्प निकाल्नु हुन्छ भन्नेमा हामी आशावादी छौं ।

आम मानिसलाई लाग्न सक्छ विद्यार्थीहरु विभिन्न आन्दोलनमा विभिन्न समूहका लागि जुलुस निकाल्ने, त्यस्तै अवस्था आएमा छातीमा गोली थापेर अरुलाई दर्जनौं सिपाहीलाई अघिपछि लगाएर रातो कार्पेटमा हिड्ने बनाउने सिपाही हौं जस्तो लाग्न सक्छ । तर हामी त्यसो गर्दैनौं । अब सचेत भइसकेका छौं । हामी हाम्रा लागि र राष्ट्र निर्माणका लागि आवाज उठाउँछौं । बिना कारण अब सडकमा जाँदैनौं ।

अहिले विश्वभरि महामरीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) लाई मध्य नजर राख्दै कक्षा दस र एघारको बोर्ड परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट प्रकाशित गर्ने निर्णय गर्नु भो । यसका लागि हतार हतार कार्यविधि बनाउनु भो । लागु पनि गर्नु भो । तर तपाईँलाई थाहा छ ? हामी सीटीईभीटीका विद्यार्थीहरु कक्षा दश र एघारका विद्यार्थीको तुलनामा संख्यात्मक रुपले न्यून छौं ।  हामी पनि त यही देशका नागरिक हौं । भोलि राष्ट्र निर्माणमा हामीले पनि काँध थाप्न सक्छौं । तर किन हामीलाई उपेक्षा ? अध्यक्ष ज्यु ! तपाईँलाई थाहा छ हामीले सीटीईभीटीको विभिन्न समूहमा दिएको परीक्षाको नतिजा एक वर्ष बित्न लाग्दा पनि प्रकाशन हुन सकेको छैन । यसको कारण के होला ? किन यसका लागि विचार नपुगेको होला ?

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको १७९ औं बैठकको निर्णय नं.१०६४ वमोजिम वैकल्पिक माध्यमवाट प्रशिक्षण संचालन कार्यविधि, २०७७ स्वीकृत गर्नु भयो । यसमा परिषद् अन्तर्गतका आंगिक, साझेदारी, सामुदायिक र निजी स्तरमा संचालित शिक्षालयहरुमा प्राविधिक एसएलसी र डिप्लोमा तथा प्रमाणपत्र तहको विभिन्न कार्यक्रमहरुका प्रशिक्षण कार्य कोभिड९१९ सक्रामक रोगको कारण शिक्षालयमा उपस्थित भई नियमित प्रशिक्षण कार्य गर्न कठिनाई उत्पन्न भएको सन्दर्भमा तत्काल वैकल्पिक प्रणालीको माध्यमवाट प्रभावकारी र व्वस्थित रुपमा प्रशिक्षण कार्य संचालन गर्न गराउनहुन सवैलाई आग्रह गर्नु भयो । तर कुन आधारमा यो कार्यविधि पारित गर्नु भयो ? हजुरहरुलाई थाह छ ?सीटीईभीटी पढ्ने करिब ६० प्रतिशत भन्दा बढीविद्यार्थीहरु किसानका छोराछोरीहरु छन्।

यो महामारीमा किसानसंग मल किन्ने पैसा नभएर खेतमा रोपेको धान फल्छ कि फल्दैन भने त्रासमा छन् । बिहान खाए बेलुका के खाएर छाक टार्ने, विरामी भए कसरी उपचार गर्ने रु सञ्चित अन्नपात सकिए खाना कहाँबाट ल्याउने, आङ् छोप्ने लुगा कसरी किन्ने ? समस्यै समस्या भएका किसानको छोराछोरीले कहाँबाट मोबाइलको डाटा प्याक कहाँबाट किन्ने ? सबैका घरमा इन्टरनेट पुगेको छ र ? धेरै विद्यार्थीहरु गाऊँबाट आएका छन जहाँ अहिले पनि फोनमा कुरा गर्नलाई घर बाहिर धुरीमा अथवा उकालोमा चढ्नुपर्छ यस्तो अवस्थामा विद्यार्थी कसरी कक्षामा बस्ने ? लौ ! रिनै गरेर डाटा प्याक किनी हाले पनि डाटामा चलाएको इन्टरनेटमा प्रशिक्षकको अवाज नै राम्रो सुनिँदैन। अहिले यो वर्षाको मौसममा बाढी पहिरोले गर्दा घर बाहिर निसिक्न पाइएको छैन, पैसा कहाँबाट ल्यउनु ? सबै विद्यार्थी सुविधा सम्पन्न परिवारबाट कहाँछन् र ? कतिसंग त मोबाइल पनि छैन अब कसरी कक्षामा बस्नु ? हजुर त श्रमजिवी वर्गको नेतृत्व गर्ने मान्छे भन्ने सुनेको थिए हो भने त गरिब विद्यार्थीको बारेमा सोच्नु भएको भए हुन्थ्यो नि !

हजुरलाई त अवश्यै थाहा छ होला ? अर्थमन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६-०७७ मा मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये ८ हजार ३६६ विद्यालयमा कम्प्युटर सुविधा उपलब्ध छ । यी विद्यालय मध्ये पनि ३ हजार ६७६ विद्यालयले मात्र शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग गर्ने गरेका छन् भने आर्थिक वर्ष २०७५—०७६ मा थप हजार विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना भएको उल्लेख छ तर यी कति विद्यालयमा प्रयोगशाला छ त ? कति विद्यालयका विद्यार्थीले प्रविधिको उपभोग गर्न पाएका छन् ? सायद मलाई लाग्छ, हजुरलाई वास्तविकता थाहा नै छैन होला यी विद्यालयमा पढ्ने अधिकांश विद्यार्थीको पहुँच रेडियोमा पनि छनै इन्टरनेट त परै जाओस् । अव यी विद्यालयमा पढ्ने विद्यार्थीले कसरी हजुरको नेतृत्वले तयार गरेको वैकल्पिक प्रशिक्षण लिन सक्छन् त ?

हामी पनि यही परिवेशमा हुर्किएर सीटीईभीटी पढेका हौं । हामीसंग पैसा हुँदो हो त हामी पनि निजी सुविधा सम्पन्न तथा निर्धारित समयमा नै परीक्षाफल प्रकाशन गर्ने संस्थामा पढ्ने थियौं होला तर त्यसो गर्न हाम्रो परिवारको आर्थिक हैसियतले पनि पुगेन भने अर्को कुरा हामीलाई राज्य प्रति विश्वास छ त्यसैले सरकारी स्वामित्व भएका संस्थामा पढ्न पुग्यौं । तर अहिलेको अवस्थामा हामीसंग इन्टरनेटको पहुँच छैन । रेडियो पनि राम्ररी सबै ठाउँमा सुनिँदैन । स्थानीय स्तरबाट सञ्चालित निजी रेडियोको प्रभावका कारण रेडियो नेपाल पनि सुन्न सकिँदैन त्यसैले राज्यले पहिला हामी जस्ता बालबालिकाको पहुँचमा इन्टरनेट पुर्याएको भए हुँदैन थियो र ?

हो हामीलाई थाहा छ । हाम्रो देश एकातिर गरिब छ भने अर्कोतिर महामारीले थला बसाएको छ । मेरो बुबाआमा कृषिमा निर्भर हुनुहुन्छ । उहाँहरु आफ्नो श्रम तथा पसिनाको केही हिस्सा म र म जस्ता बालबालिका लागि खर्च गर्न तयार हुनुहुन्छ । हाम्रो देशमा गरिब जनताले तिरेको करबाट महिनौं घरमा बसेर कार्यालय चलाउने धेरै सर तथा निजामती कर्मचारीहरु हुनुहुन्छ । उहाँहरुको केही पारिश्रमिक राज्यले नै लिएर भए पनि बरु इन्टरनेटको विस्तार गरेर मात्र वैकल्पिक प्रशिक्षण कार्यक्रम लागु गर्नुभएको भए हुन्थ्यो नि । यसका लागि आफ्नो खुन पसिनाको कमाइ दिन त मेरो बुबाआमा तयार हुनुहुन्छ भने जनताको करबाट जागिर खाने, राज्यको उच्च तह देखि कार्यालय सहयोगी सम्म कसो तयार नहुनु होला र ?

उही

प्रदिप कुमार साह

विद्यार्थी (सामान्य चिकित्सा)

Courses edusanjal
Select college / campus
Schools edusanjal