After SEE Portal

बागमती प्रदेशमा समायोजन भएका सामुदायिक विद्यालयले प्रोत्साहन पाउने

Bridge Course

बागमती प्रदेशमा समायोजन भएका सामुदायिक विद्यालयलाई प्रदेश सरकारले समायोजन प्रोत्साहन प्रदान गर्ने भएको छ । सामजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले समायोजन भएका सामुदायिक विद्यालयलाई उक्त कार्यक्रमका लागि आज दरखस्त आह्वान गरेको छ ।

निर्देशनालयको शैक्षिक वर्ष २०७७–७८ को वार्षिक कार्यक्रम अनुसार सामुदायिक विद्यालय समायोजन प्रोत्साहन अनुदान कार्यविधि २०७८ कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन अनुदान दिने कार्यक्रमका लागि दरखास्त दरखस्त आह्वान गरेको हो ।

निर्देशनालयले प्रोत्साहन अनुदान प्राप्त गरी कार्यक्रम सञ्चालन गर्न इच्छुक विद्यालयहरुलाई आज देखि १४ गते भित्र तोकिएको ढाँचामा प्रस्ताव पेस गर्न प्रदेश भित्र समायोजन भएका सबै विद्यालयलाई एक सूचना जारी गरी आह्वान गरिएको हो । विद्यालयले प्रस्तावको ढाँचा शिक्षा विकास निर्देशनालयको आधिकारिक वेबसाइटबाट लिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

A Levels MA